काठमाडौं । झण्डै ३८ अर्ब रुपैयाँ लगानी गरेर नवलपुरमा नमुना सदरमुकाम बनाउनका लागि सहरी विकास मन्त्रालयले तयार गरेको योजना पास भइसकेको छ र अर्थले पनि स्रोत सुनिश्चितता दिइसकेको छ । तर योजना कार्यान्वयन अघि बढेको छैन ।
यो योजना तत्कालै अघि बढ्नुपर्ने हो । तत्काल अघि नबढे चालु आर्थिक बर्षमा यो योजनाको काम अघि बढ्दैन । प्रगति शून्य हुनेछ । त्यसैले यो योजना कार्यान्वयन गर्ने जिम्मा लिएको सघन सहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख झपटबहादुर थापा केही दिनदेखि दिनहुँजसो बिभाग र मन्त्रालयमा दौडधुप गरिरहेका छन् तर उनको काम हुनसकेको छैन । उनी कहिले मन्त्रालय, कहिले भवन विभाग, कहिले अर्थमन्त्रालय धाइरहेका छन् तर काम अघि बढ्नसकेको छैन ।
सहरी विकास मन्त्रालय स्रोतका अनुसार तत्काल यो कार्यक्रम अघि नबढ्नुमा सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलको हात रहेको छ । उनले नै फाइल अड्काइरहेका छन् । किनभने यो ठूलो आयोजना हो । यो योजना पूरा गर्न झण्डै ३८ अर्ब रुपैयाँभन्दा खर्च हुनेछ । चालु आर्थिक बर्षमा मात्र ३ अर्ब खर्च हुनेछ । त्यसैले उनले यस योजनामा उनले दररेट तोकेर कमिसनको ग्यारेन्टी मागेका छन्–स्रोत भन्छ ।
‘सहरी विकास मन्त्री र सचिव दुबैले कमिसन मागेपछि आयोजना प्रमुख थापा वाक्कदिक्क भएका छन् । उनले आफू निकट साथीहरुसँग ‘कस्तो काममा हात हालेछु’ भन्न थालेका छन् । थापाले निकै मेहनत गरेर आफ्नो जागिर चितवन थमौती गरेका थिए । उनलाई यसअघि नै चितवनबाट सरुवा गर्न खोजिएको थियो । एक कार्यकाल चितवनमा बिताइसकेका उनले निकै जोडबल गरी थमौती गरेका थिए ।
यो सदरमुकाम बन्यो भने देशकै नमुना आयोजना हुनेछ । यस योजनाको डीपीआर पहिले नै तयार भइसकेको छ तर ठेक्का प्रक्रिया अघि बढ्ने बेलामा सहरी सचिव सिग्देलले फाइल अड्काएका छन् । यो योजनाको ठेक्का पुस महिनामै लाग्नुपर्ने थियो । यस योजनामा अर्थले चालु आर्थिक बर्षमा बजेट समेत छुट्याइसकिएको छ । तर ठेक्का लगाउन नसकेपछि थापा अलमलमा परेका छन् । ठेक्का लगाउनुपर्ने बेला फाइल अड्किएको छ ।
जबकि थापाले गत मंसिर महिनामै सचिव सिग्देललगायत सहरी विकास मन्त्रालय सहसचिव र उच्च कर्मचारीहरूले यस आयोजनाको बारेमा दुई तीन पटक ब्रिफ्रिङ गरिसकेका थिए । यस आयोजनाका बारेमा थापाले मन्त्री प्रकाशमान सिंह, उनको सचिवालयमा कार्यरत कर्मचारी तथा सिग्देलसँग छुट्टाछुट्टै ‘गोप्य भेट’ गरिसकेका छन् ।
यसैगरी मन्त्रीलाई आयोजनाको बारेमा ब्रिफ्रिङ गरिसकेका छन् । स्रोत भन्छ–‘मन्त्रालयका अन्य उच्च कर्मचारीहरु यो योजना तत्काल अघि बढाउनुपर्छ भन्नेमा सहमत छन । किनभने यो देशकै ड्रिम प्रोजेक्ट हो तर यसमा सिग्देलले कमिसनमा आँखा लगाउँदा समस्या उत्पन्न भएको छ ।
पुनर्वास कार्यक्रम अन्तर्गत नवलपुरमा रहेको ५ सय ९० बिघा जग्गामध्ये १ सय ८४ बिघा जग्गा २०७७ सालमै भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले राष्ट्रिय आवास कम्पनीबाट सरकारको नाममा लगेको थियो । सोही जग्गामा सहरी विकासले नमूना सदरमुकाम बनाउने कार्यक्रम अघि सारेको थियो ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend