काठमाडौ । जेनजी आन्दोलनपछि गठन भएको वर्तमान सरकारमा सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी पाएका भूमिव्यवस्था, गरिबी तथा सहकारी मन्त्री कुमार इङ्नाम मालपोत कार्यालयहरुमा छड्के गर्न गएपछि चर्चामा आएका थिए । उनी ‘क्लीन’ मन्त्री भनेर चिनिएका थिए । तर त्यो उनको देखाउँने दाँत रहेछ । भित्रभित्रै उनी पनि कमाउधन्दामा लागेका रहेछन् ।
यसको प्रष्ट्र संकेत हो, उनले निर्वाचन आचारसंहिता लागू भइसकेपछि पुरानो मिति (ब्याकडेट) राखेर सहरी विकास मन्त्रालय मातहतमा रहेको स्थानीय पूर्वाधार विभाग (डोली)मा नेतृत्व परिवर्तन गरे ।
त्यसमा पनि एकदमै विवादित र घुस्याहा भनेर चिनिएका अशोककुमार साहलाई डोलीको महानिर्देशक(डीजी) बनाए । आचारसंहिता माघ ४ गतेदेखि लागु भयो । तर साहले माघ ७ गते मात्र डोलीमा गई डीजीको कार्यभार सम्हाले ।
आचार संहिताअघि नै मन्त्रालयले निर्णय गरेको भए साहले त्यतिबेला नै कार्यभार सम्हाल्ने थिए । तर मन्त्रालयले माघ २ गतेको मिति राखेर आचारसंहिता लागु भइसकेपछि महानिर्देशक परिवर्तन गर्ने निर्णय ग¥यो ।
मन्त्रालय स्रोत भन्छ–मन्त्री इङ्नामले सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देललाई दबाब दिएर डीजी परिवर्तन गर्न लगाएका थिए । सिग्देलले आचारसंहिता लागू भइसकेपछि डीजी परिवर्तन गर्न उचित हुन्न भनी मन्त्री इङ्नामलाई सल्लाह दिएका थिए–स्रोत भन्छ ।
मन्त्रालयका एक उच्च कर्मचारी भन्छन्–डोलीमा रातारात डीजी परिवर्तन गर्नुपर्ने कारण केही थिएन । किनभने तत्कालीन डीजी महेशचन्द्र न्यौपानले राम्रो काम गरेका थिए । स्रोतको दाबी छ, न्यौपानले मन्त्री इङ्नामको ‘माग’ पूरा गर्न नसकेपछि उनलाई परिवर्तन गर्ने निर्णय गरिएको थियो । निश्चित छ, अब फेरि इङ्नाम मन्त्री हुने छैनन्, किन भने उनले यो पटक चुनाव लडेका छैनन् । त्यसैले यसैपटक आर्थिक उपार्जन गर्न उनले डीजी परिवर्तन गर्ने निर्णय गरेका हुन् ।
इङ्नाम कामचलाउ मन्त्रीमात्र हुन् । डीजी परिवर्तन गर्ने अधिकार चुनाव पनि निर्माण हुने सरकारका मन्त्रीहरुलाई मात्र हुन्छ, तर इङ्नामले नभएको अधिकार प्रयोग गरी डीजी परिवर्तन गरेका छन् ।
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend