काठमाडौं । सहरी विकास मन्त्रालयका प्रवक्ता तथा सहसचिव नारायण मैनालीका आफ्नै सहोदार भाइ रामप्रसाद मैनाली सरकारी सेवाबाट अवकाश पाएको दुई बर्ष भइसकेको छ तर दाजु मैनाली भने ‘अझै ५८ बर्ष पुगेको छैन’ भन्दै सहरी विकास मन्त्रालयको प्रशासन महाशाखा प्रमुखमा जागिर खाइरहेका छन् ।
भाइ रामप्रसादले ५८ बर्ष उमेर हदका कारण २ बर्षअघि नै सरकारी सेवाबाट अवकाश पाएका थिए । तर दाइ नारायण मैनाली भने जागिरमा बहाल छन् । यसबाट प्रष्ट हुन्छ उनले नागरिकता र प्रमाणपत्रमा बास्तविक जन्ममिति ढाँटेका छन् । स्रोत भन्छ, बास्तविक उमेरसँग उनले झण्डै पाँच बर्ष उमेर घटाइ, त्यस अनुसार किर्ते काम गरी नागरिकता र प्रमाणपत्रमा उमेर राखेका छन् । यस सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरीरहेको छ ।
करिब ३ हप्ताअघि अख्तियारले मन्त्रालयलाई पत्र लेखेर मैनालीको नागरिकता र प्रमाणपत्रमा जन्ममिति किर्ते गरेको विषयमा छानबिन गरी यथार्थ जानकारी गराउन निर्देशन गरेको छ । उक्त पत्र अहिले मन्त्रालयकी उपसचिव इन्दिरा थापाको हातमा पुगेको छ । किनभने इन्दिराले आन्तरिक प्रशासन हेर्न गर्छिन् । इन्दिराको हातमा पत्र पुग्ने वित्तिकै उक्त चिट्ठी गुपचुप बनाइएको छ ।
मन्त्रालयका महिला कर्मचारीहरुले उनी आएदेखि आफूहरु सुरक्षित महसुस गर्न नपाएको भन्दै सचिवसमक्ष गुनासो पनि राखेको स्रोतको दाबी छ ।
मैनाली मापदण्ड मिचेर पटक–पटक विदेश भ्रमण जाने गरेका छन् । उनी मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख पनि हुन् । त्यसैले उनले आफू निकट कर्मचारीलाई पटक–पटक अवसर दिने र विदेश पठाउने गर्छन् भने आफूलाई मन नपरेका कर्मचारीलाई विभिन्न बाहना लगाएर पेल्ने र एक ठाउँबाट अर्को ठाउँमा सरुवा गर्ने गरेका छन् ।
उक्त मन्त्रालयमा उनी दोह¥याएर गएका हुन् । सिता गुरुङ सहरी विकासमन्त्री हुँदा उनी मन्त्रीको निजी सचिवालयमा कार्यरत थिए । त्यतिबेला उनी उपसचिव थिए । सहसचिवमा बढुवा भएपछि उनको पहिलो नजर नै सहरी विकास मन्त्रालयमै लाग्यो । प्रकाशमानसिंह उपप्रधान तथा सहरी विकासमन्त्री भएको बेला कांग्रेसका नेताहरुलाई भन्न लगाएर उनी सहरीमा जान सफल भए ।
जसरी भए पनि सहरी विकास मन्त्रालय नछाड्न उनी अहिले उग्र जेन्जी भएका छन् र दिनहुँजसो कांग्रेस, एमालेलाई गाली गर्ने गर्छन् । जबकि जेनजी आन्दोलनअघि कांग्रेसको कार्यकर्ताकै रुपमा उनीसहरीमा प्रस्तुत हुने गरेको देखेका कर्मचारीहरु उनको रुप परिवर्तन देखेर चकित छन् ।
मन्त्रालयमा उनीसँग सबैजसो कर्मचारी रुष्ट भएका छन् । उनले मन्त्रालय र विभागका सबै कर्मचारीको चियो गर्ने गर्छन् । कस कसको कोठामा को को छि¥यो भनेर दिनहुँजसो सीसीटीभीबाट हेर्ने गर्छन् । यहाँसम्म कि आफ्नै शाखाका कर्मचारीहरुसँग समेत उनले शंका गर्ने गर्छन् र राम्रोसँग बोल्दैनन् ।
एक कर्मचारीले भने–‘उहाँले आफ्नै शाखाकी एक उपससचिवलाई मात्र विश्वास गर्नुहुन्छ । अरु सबैलाई नराम्रो देख्ने गर्नुहुन्छ । यहाँसम्म कि उनले मन्त्रालयका सचिव गोपाल सिग्देललाई समेत उनका पछाडि कुरा काट्ने गरेका छन् । सहरी विकास मन्त्रालयमा मैनालीजस्ता सहसचिव कर्मचारी प्रशासनमा यसअघि कहिल्यै भोग्नुनपरेको कर्मचारीहरु भन्ने गर्दछन् ।
काठमाडौं । गृहमन्त्रालयले २३ उपसचिव र सहसचिवको सरुवा गरेको छ । मन्त्रालयले उपसचिव र सहसचिवको सरुवा तथा पदस्थापनसँगै केही जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्रा। अञ्जना सिंह र रजिस्ट्रारमा प्रा। रवीन्द्र शिवाकोटी नियुक्त भएका छन् । उपकुलपतिले गरेको सिफारिसका आधारमा विश्वविद्यालयका कुलपति तथा...
काठमाडौं । भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको उच्च व्यवस्थापन समूहको बिहीबारको बैठकले बसी रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार...
काठमाडौँ । नेपाल मेडिकल काउन्सिल (एनएमसी)को रजिस्ट्रारमा डा.सुप्रभात श्रेष्ठ नियुक्त भएका छन् । उनले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद...
काठमाडौं । मधेश प्रदेश सरकारका प्रमुख सचिव शोभाकान्त पौडेलले कार्यभार सम्हाल्नासाथ प्रदेशभर अनियमित रुपमा काजमा कार्यरत कर्मचारीहरुलाई दरबन्दीमा पठाउने अभियान सुरु गरेका छन् । मधेश...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend