काठमाडौं । सहरी विकास मन्त्रालयका प्रवक्ता तथा सहसचिव नारायण मैनालीका आफ्नै सहोदार भाइ रामप्रसाद मैनाली सरकारी सेवाबाट अवकाश पाएको दुई बर्ष भइसकेको छ तर दाजु मैनाली भने ‘अझै ५८ बर्ष पुगेको छैन’ भन्दै सहरी विकास मन्त्रालयको प्रशासन महाशाखा प्रमुखमा जागिर खाइरहेका छन् ।
भाइ रामप्रसादले ५८ बर्ष उमेर हदका कारण २ बर्षअघि नै सरकारी सेवाबाट अवकाश पाएका थिए । तर दाइ नारायण मैनाली भने जागिरमा बहाल छन् । यसबाट प्रष्ट हुन्छ उनले नागरिकता र प्रमाणपत्रमा बास्तविक जन्ममिति ढाँटेका छन् । स्रोत भन्छ, बास्तविक उमेरसँग उनले झण्डै पाँच बर्ष उमेर घटाइ, त्यस अनुसार किर्ते काम गरी नागरिकता र प्रमाणपत्रमा उमेर राखेका छन् । यस सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरीरहेको छ ।
करिब ३ हप्ताअघि अख्तियारले मन्त्रालयलाई पत्र लेखेर मैनालीको नागरिकता र प्रमाणपत्रमा जन्ममिति किर्ते गरेको विषयमा छानबिन गरी यथार्थ जानकारी गराउन निर्देशन गरेको छ । उक्त पत्र अहिले मन्त्रालयकी उपसचिव इन्दिरा थापाको हातमा पुगेको छ । किनभने इन्दिराले आन्तरिक प्रशासन हेर्न गर्छिन् । इन्दिराको हातमा पत्र पुग्ने वित्तिकै उक्त चिट्ठी गुपचुप बनाइएको छ ।
मन्त्रालयका महिला कर्मचारीहरुले उनी आएदेखि आफूहरु सुरक्षित महसुस गर्न नपाएको भन्दै सचिवसमक्ष गुनासो पनि राखेको स्रोतको दाबी छ ।
मैनाली मापदण्ड मिचेर पटक–पटक विदेश भ्रमण जाने गरेका छन् । उनी मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख पनि हुन् । त्यसैले उनले आफू निकट कर्मचारीलाई पटक–पटक अवसर दिने र विदेश पठाउने गर्छन् भने आफूलाई मन नपरेका कर्मचारीलाई विभिन्न बाहना लगाएर पेल्ने र एक ठाउँबाट अर्को ठाउँमा सरुवा गर्ने गरेका छन् ।
उक्त मन्त्रालयमा उनी दोह¥याएर गएका हुन् । सिता गुरुङ सहरी विकासमन्त्री हुँदा उनी मन्त्रीको निजी सचिवालयमा कार्यरत थिए । त्यतिबेला उनी उपसचिव थिए । सहसचिवमा बढुवा भएपछि उनको पहिलो नजर नै सहरी विकास मन्त्रालयमै लाग्यो । प्रकाशमानसिंह उपप्रधान तथा सहरी विकासमन्त्री भएको बेला कांग्रेसका नेताहरुलाई भन्न लगाएर उनी सहरीमा जान सफल भए ।
जसरी भए पनि सहरी विकास मन्त्रालय नछाड्न उनी अहिले उग्र जेन्जी भएका छन् र दिनहुँजसो कांग्रेस, एमालेलाई गाली गर्ने गर्छन् । जबकि जेनजी आन्दोलनअघि कांग्रेसको कार्यकर्ताकै रुपमा उनीसहरीमा प्रस्तुत हुने गरेको देखेका कर्मचारीहरु उनको रुप परिवर्तन देखेर चकित छन् ।
मन्त्रालयमा उनीसँग सबैजसो कर्मचारी रुष्ट भएका छन् । उनले मन्त्रालय र विभागका सबै कर्मचारीको चियो गर्ने गर्छन् । कस कसको कोठामा को को छि¥यो भनेर दिनहुँजसो सीसीटीभीबाट हेर्ने गर्छन् । यहाँसम्म कि आफ्नै शाखाका कर्मचारीहरुसँग समेत उनले शंका गर्ने गर्छन् र राम्रोसँग बोल्दैनन् ।
एक कर्मचारीले भने–‘उहाँले आफ्नै शाखाकी एक उपससचिवलाई मात्र विश्वास गर्नुहुन्छ । अरु सबैलाई नराम्रो देख्ने गर्नुहुन्छ । यहाँसम्म कि उनले मन्त्रालयका सचिव गोपाल सिग्देललाई समेत उनका पछाडि कुरा काट्ने गरेका छन् । सहरी विकास मन्त्रालयमा मैनालीजस्ता सहसचिव कर्मचारी प्रशासनमा यसअघि कहिल्यै भोग्नुनपरेको कर्मचारीहरु भन्ने गर्दछन् ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रमा ५ महिनामा पाँचौं सचिवका रुपमा चक्रबहादुर बुढाले पद सम्हाल्दैछन् । तीन दिनअघि राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा भूपाल बराललाई बुधबार...
काठमाडौं । गृह मन्त्रालयले सरुवा गरिसकेको १४ दिन बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय पर्साका नायब सुब्बा गौरीशंकरप्रसाद गुप्तालाई पुरानै जिम्मेवारीमा राखिएको विषयले प्रशासनिक वृत्तमा...
काठमाडौं । परराष्ट्र मन्त्रालयका कर्मचारीहरुले राजदूत पदमा मात्र होइन, श्रम सहचारीमा समेत आँखा लगाएका थिए । विगतदेखि नै श्रम सहचारीमा सामान्य प्रशासन समूहका कर्मचारीलाई...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ। मन्त्रालयको निर्णयअनुसार थापालाई सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend