काठमाडौं । निवर्तमान सहरी विकास मन्त्री प्रकाशमान सिंहको बहिर्गमनको संघारमा गरेको मन्त्रालय मातहतका कर्मचारीको सरुवा विवादमा परेको छ । सहरी विकास मन्त्रालयका प्रवक्ता तथा कर्मचारी प्रशासन महाशाखा प्रमुख नारायण मैनालीले आर्थिक चलखेलमा सरुवा गरेकाले बहुसंख्यक कर्मचारीहरु असन्तुष्ट छन् । जसले गर्दा उनले सरुवामा लिइसकेको घुस फिर्ता गर्नुपर्ने बाध्यता आएको छ ।
निवर्तमान ऊर्जा मन्त्री दीपक खड्काले जेनजी समूहको प्रदर्शनकै दिन भदौ २३ गते राति गरेको उपसचिव र सहसचिवहरुको सरुवा मुख्यसचिव एकनारायण अर्यालले बदर गर्न निर्देशन दिइसकेका छन् । ऊर्जा मन्त्रालयको जस्तै भदौ अन्तिममा भएको सहरी विकास मन्त्रालयका सरुवा पनि बदर हुने संभावना प्रबल देखिएको छ ।
प्रकाशमान सिंहले सहरी विकास छाड्नै लागेको बेला मन्त्रालयले २६ जना डिभिजन इञ्जिनियहरुको सरुवा गरेको थियो । त्यसमा ४/५ जनाको सरुवा मैनालीको चाहनामा गरिएको थियो । अब त्यो सरुवा कार्यान्वयन नहुने भएको छ । सरुवा कार्यान्वयन नहुने स्थिति आएपछि मैनालीलाई घुस दिई आकर्षक डिभिजन कार्यालयमा सरुवा गरिएका इन्जीनीयहरुले घुस माग्न थालेका छन् । सरुवा बदर हुने भएपछि मैनाली ठूलो दबाबमा परेका छन । सिंहले मन्त्रालय छाडेपछि सहरीमा मैनालीको राज समाप्त हुने भएको छ ।
सिंह र सिंहनिकट व्यक्तिहलाई खुशी गराउन मैनालीले चरम राज्यदोहन गरेका थिए । मन्त्रालयमा मन्त्रीका लागि भनेर चियाखाजामा मात्रै महिनाको एक/दुई लाख खर्च हुने गथ्र्योे । भवन विभाग परिसरभित्र मन्त्री सिंहका लागि भनेर मैनालीले ५० लाख रुपैयाँ खर्च गरेर भव्य कार्यकक्ष बनाएका थिए । त्यो कार्यकक्षमा मन्त्री सिंह कहिले गएनन् । बरु त्यो कार्यकक्षमा मैनाली आफंै पुगेर कर्मचारीहरुसँग घुस बार्गेनिङ गर्ने गरेको आरोप लाग्दैआएको छ । आफू पनि खाँटी कांग्रेस भएको भन्दै मैनाली सहरीमा दोहर्याएर आउन सफल भएका हुन् । यसअघि उनी सिता गुरुङ सहरी विकास मन्त्री हुँदा गुरुङको सचिवलायमा कार्यरत थिए ।
उपसचिवबाट सहसचिवमा बढुवा भएपछि उनको पहिलो आँखा सहरीमै लाग्यो । सहरीमा आउन उनले कांग्रेसका एक शीर्षनेतालाई प्रभावमा पारेका थिए । केपी शर्मा ओली नेतृत्वको सरकार ढल्नेवित्तिकै मैनालीको बोली फेरिएको छ । ‘कर्मचारी कहिल्यै पार्टीका मान्छे हुँदैनन्, प्रोफेसनल हुन्छन्’ भन्न थालेका छन् । जबकि सिंह सहरी विकास मन्त्री भएको बेला उनले आफू ठूलो कांग्रेस भएको घोषणा गरेका थिए ।
त्यतिबेला मन्त्रालयमा आफूले भनेको नमान्ने कर्मचारीलाई छानीछानी दुःख दिने गर्थे । आफूनिकट कर्मचारीहरुलाई भने सधैं अवसर दिने गर्थे । दोहोर्याएर तेहर्याएर विदेश पठाउने गर्थे । यहाँसम्म कि, मन्त्रालयमा कार्यरत केही महिला कर्मचारीहरुले मैनालीको ब्यवहारका बारेमा गुनासो गर्ने गरेका छन् । तर यो कुरा उनीहरुले मन्त्रालयमा सचिवलाई सुनाउन सकेका छैनन् । किनभने मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल आफैैं मैनालीसँग डराउने गर्थे । त्यतिबेला मैनालीलाई केही भन्ने वित्तिकै आफनो सरुवा हुन्छ भन्ने डर सिग्देलाई थियो ।
अब सचिव सिग्देल मैनालीसँग टाउको ठाडो गरेर बोल्न सक्ने हैसियतमा आएका छन्– एक कर्मचारी भन्छन् । एक महिला कर्मचारी भन्छिन्-‘त्यतिबेला मैनालीको विषयमा गुनासो गर्ने वित्तिकै उल्टै हामीले दुःख पाउने स्थिति थियो । अनावश्यक झन्झट हामीमाथि आउन सक्थ्यो । त्यसैले केही बोल्न सकेका थिएनौं । अब केही परिवर्तन हुन्छ कि भन्ने आशा गरेका छौ ।’
सहसचिव बिनु बज्रचार्यलाई मन्त्रालयबाट अन्य सरुवा गर्न लगाएर उनको ठाउमा मैनाली पुगेका थिए । एक उच्च कर्मचारी भन्छन्–‘सहरी विकास मन्त्रालय मेरो नै हो, जीवनभरी म यहीँ बस्छु जस्तो गरेर राज गरिरहनुभएको छ । अब उहाँको राज समाप्त हुनैपर्छ ।’
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend