काठमाडौं । कास्की र काठमाडौंबाट धरौटीमा छुटेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने र छविलाल जोशीका बिरुद्ध आइतबार रुपन्देही जिल्ला सरकारी वकिलको कार्यालयले बुटवलको सुप्रिम सहकारी ठगीसम्बन्धी पूरक मुद्दा जिल्ला अदालतमा दर्ता गर्दैछ ।
लामिछाने र पूर्वडीआईजी जोशी लगायतलाई सहकारी ठगी र संगठित अपराधको कसुर अनुसारको कारबाही र बिगो माग गर्दै सरकारी वकिलले रुपन्देही अदालतमा पूरक मुद्दा दर्ता गर्न लागेको हो ।
यसअघि सर्वोच्च अदालतमा पठाइएको सक्कल फाइल आउन ढिलाइ भएको भन्दै सरकारी वकिलले शुक्रबार अदालतमा पूरक मुद्दा लैजान नसकेको जनाएको थियो ।
आइतबार कार्यालय खुलेपछि लामिछाने र जोशी लगायत १४ जनाविरुद्ध पूरक मुद्दा अदालतमा दर्ता गर्न लागेको हो ।
जिल्ला सरकारी वकिल कार्यालयले सुप्रिम सहकारीका एक हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध २०८१ वैशाख ३ गते जिल्ला अदालतमा मुद्धा दर्ता गरेको थियो ।
त्यतिबेला सहकारी ठगीसम्बन्धी मात्र कसुर लगाई १ अर्ब ३ करोड मात्र बिगो माग गरेको थियो । त्यसमध्ये १७ जनालाई पनि सहकारी ठगी र संगठित अपराधको कसुर र बिगो थपसहितको मुद्दा दर्ताको लागि बिहीवार अदालतमा पेश गरेको थियो ।
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend