काठमाडौं । सामाजिक संजालमा प्रधानमन्त्री केपी शर्मा ओली र सरकारको चर्को आलोचना गर्दैआएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन) आफैंले भने गैरकानुनीरुपमा गोविन्दप्रसाद शर्मालाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएका छन् । मेयर साहले राजीनामा दिइसकेका शर्मालाई बिदामा बसेको भनी पुनः निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मा दिएका छन् ।
एकातिर मेयर साहले मन्त्रालयमा प्रमुख प्रशासकीय अधिकृत खटाइदिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्र लेखेर पठाएका छन् अर्कोतिर राजीनामा दिइसकेका गोविन्दप्रसाद शर्मा निमित्तको जिम्मा दिएका छन् ।
कानुनतः महानगरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी नेपाल सरकारले मात्र दिनसक्छ । सरकारले खटाएको प्रमुख प्रशासकीय अधिकृत बिदा बस्नुपर्दा वा विदेश जाँदा निमित्त कसैलाई दिनसक्छ । सरकारले खटाएका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईले शिक्षा शिक्षा बिभागका प्रमुख गोविन्दप्रसाद शर्मालाई २०८१ पुस ८ गतेदेखि पुस १७ गतेसम्म निमित्त भई कामकाज गर्ने पत्र दिएका थिए ।
काठमाडौं भ्यूटावरको नक्सापासको बिषयमा प्रक्रिया अगाडि बढाएपछि बालेनले गुरागाईलाई कामकाज गर्न रोकेपछि उनले शर्मालाई निमित्तको पत्र दिएका थिए । निमित्तको जिम्मा पाएका गोविन्दप्रसाद शर्र्माले पनि पुस २२ गते राजीनामा दिएका थिए । तर तिनै राजीनामा दिएका शर्मालाई मेयर साहले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मा दिएका छन् । जुन सरासर गैरकानुनी छ ।
गैरकानुनी रुपमा नियुक्त भएका शर्माले प्रमुख प्रशासकीय अधिकृतको हैसियतमा गरेका निर्णयहरु कानु्नसम्मत नहुने महानगरकै अधिकारी बताउँछन् । मेयर साहले स्थानीय सरकार संचालन ऐन २०७४ कै बिपरीत निमित्त प्रमुख प्रशासकीय अधिकृतका रुपमा शर्मालाई जिम्मा दिएका छन् । यो बिधिको शासनको उपहास हो । स्थानीय सरकार संचालन ऐन २०७४ मा प्रमुख प्रशासकीय अधिकृत नेपाल सरकारले मात्र तोक्ने प्रावधानलाई बालेन साहले ठाडै चुनौती दिएका छन् । र, उनले शर्मालाई हुँदै नभएको अधिकार प्रयोग गरी निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मा दिई गैरकानुनी काम गरेको आरोप छ ।
गोविन्द शर्मा कानुनतः पुस १७ गतेदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृत होइनन् । पुस १७ पछि उनले निमित्त प्रमुख प्रशासकीय अधिकृतका रुपमा गरेका निर्णय कानुनसम्मत हुँदैनन् । तर पुस १७ पछि पनि उनले गैरकानुनीरुपमा विभिन्न निर्णयमा हस्ताक्षर गरेका छन् । पुस २४ मा निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा शर्माले गृहमन्त्रालयका सचिव गोकर्णमणि दुवाडीलाई भूकम्प सम्बन्धी कार्यक्रममा प्रमुख आतिथ्यता गरिदिनका लागि पत्र लेखेका छन् ।
काठमाडौं । भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम हुने अपेक्षाका साथ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)लाई अभूतपूर्व जनमत प्राप्त भयो । जनताको अपार समर्थनमा वालेन्द्र शाह नेतृत्वको...
काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा वैज्ञानिक कर्मचारीको तलब संरचनामा देखिएको गम्भीर असमानताले वैज्ञानिक समुदायमा असन्तुष्टि बढ्दै गएको छ । एउटै संस्थामा...
काठमाडौं । मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मापदण्ड पूरा नगरेका ४ अस्पतालको नवीकरण र स्तरोन्नति गर्ने क्रममा ठूलो आर्थिक चलखेल भएको तथ्य ढिलोगरी...
काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक (एसपी) शेरजंगबहादुर चन्द सरकारी सेवाका प्रावधानलाई नाघेर व्यापारिक कारोबारमा संलग्नमात्र छैनन्, कारोबारका सिलसिलामा मानिसहरुलाई भुक्तानी नदिने...
काठमाडौं । गैरकानुनी सम्पत्ति आर्जन गरी कानुनी राजमा खलल पुर्याउनेहरुलाई कारबाही गर्नका लागि स्थापित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक निर्मल ढकालले एक विवादित नायबसुब्बाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend