काठमाडौ । ट्रान्सपोर्ट व्यवसायको आडमा लामो समयदेखि कपडा लगायतका सामग्रीको तस्करी गर्दै आएका बालकृष्ण पोखरेलको सानेपास्थित गोदाममा राजस्व अनुसन्धान विभागले छापामारी गरेको छ ।
छापामारीको क्रममा बिलबिजक नभएका भारी परिमाणमा महंगा कपड़ाको गाँठ लगायतका सामग्री फेला परेको बताइएको छ ।
नेपालको विभिन्न नाकाबाट तस्करी गरि भित्र्याइएका ती कपड़ाका गाँठहरू बालकृष्णको लगानीमा संचालित सुनौलो साझा नामक ट्रांसपोर्टमा भण्डारण गरि राखिएको अवस्थामा राजस्व अनुसन्धान विभागले फेला पारेपछि बिहीबार शिलबन्दी गरेको थियो ।
शुक्रबार गोदामबाट सामानहरू विभागमा लैजाने तयारी भैरहेको खबर जानकारीमा आएको छ ।
यसैबीच बरामद ती अवैध सामानहरूलाई वैध बनाउन बालकृष्णले राजस्व अनुसन्धान विभागमा शक्तिकेन्द्रहरूबाट आर्थिक दबाव सिर्जना गर्न लगाईरहेको बुझिन आएको छ ।
को हुन् बालकृष्ण पोखरेल ?
बालकृष्ण पोखरेल भंसार भित्रबाट नै सेटिंगमा तस्करी गर्ने माहिर ट्रांसपोर्ट व्यवसायी हुन्। भंसारमा पोखरेलले पवन यादव नाम गरेका व्यक्तिमार्फत सेटिंग गरि पाँच गाँठ कपड़ाको भंसार तिरेर ३० गाँठ कपड़ा तस्करी गरि नेपाल भित्र्याउने गरेका छन् ।
पोखरेलले वर्षैपिच्छे फरक फरक नामका ट्रान्सपोर्टबाट संचालक गर्ने, सो ट्रांसपोर्टको मध्यमबाट करोडौँको कारोबार गरि राज्यको लाखौँ राजस्व चुहावट गर्ने र अर्को वर्ष अर्कै नामको ट्रान्स्पोर्ट संचालन गरि राज्यको राजस्व चुहावट गरेर सानो समयमा अकूत सम्पत्ति जोडेका ट्रान्सपोर्ट व्यवसायीहरूबीच चर्चा हुने गरेको छ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend