काठमाडौँ- २१ जना उपसचिवहरु सहसचिव बढुवाका लागि सिफारिस गरिएको छ । ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनबाट हुने बढुवा समितिको मंगलबार बसेको बैठकले प्रशासन सेवाका १९ र लेखापरीक्षण सेवाका २ गरेर २१ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।
प्रशासन सेवातर्फ बढुवा हुनेमा पदमकुमार श्रेष्ठ, दिलिपकुमार गौतम, योगेन्द्रप्रसाद दुलाल, युवराज अधिकारी, भविश्वर पाण्डे, चन्द्रबहादुर शिवाकोटी, हेमराज भुसाल, भरत गौतम, बिमलप्रसाद बराल, बलराम ढकाल, पवनकुमार तिमिल्सेना रहेका छन् ।
यस्तै गोविन्दप्रसाद अधिकारी, पुरुषोत्तम अधिकारी, शान्तिराज प्रसाईँ, नारायणप्रसाद मैनाली, चिरञ्जीवी तिमिल्सेना, कवीन्द्र नेपाल र यमेन्द्र उपाध्याय रहेका छन् । त्यसैगरी लेखापरीक्षण सेवातर्फ लक्ष्मण आचार्य र धुब्रराज भुसाल रहेका छन् ।
बढुवा सूचीमा चित्त नबुझेको अवस्थामा ३५ दिनभित्र बढुवा समितिमा उजुरी दिन सकिने र कोही कसैको उजुरी नपरेको अवस्थामा सरकारले ३५ दिनपछि २१ जना उपसचिवलाई नै सहसचिवमा बढुवा गर्ने निर्णय गर्नेछ ।
काठमाडौं । बोरिङ र मोटर जडान गर्ने कार्यका लागि ७ लाख ५० हजार घुस लिने भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सर्लाहीका डिभिजन...
काठामाडौं । सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरी हटाइएकाहरुलाई वालेन्द्र शाह सरकारले धमाधम नियुक्ति दिइरहेको छ । वालेन्द्र शाह प्रधानमन्त्री भएपछि...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । एक अर्ब भन्दा बढी मूल्य पर्ने काठको अबैध र अनियमित कटान, मुछान, घाटगद्दी र लिलाम गर्ने ३ जनाबिरुद्ध उजुरी परेको र अख्तियार...
काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन्। अध्यादेश ल्याएर भूपेन्द्र भण्डारीलाई अध्यक्षबाट पदमुक्त गरिएपछि घिमिरे नै निमित्त अध्यक्षको जिम्मेवारीमा थिए। पछिल्लो मन्त्रिपरिषद्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend