काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले पर्सा जिल्लाको विभिन्न स्थानबाट करीब ४४ लाख रुपैयाँ बराबरका भन्सारछलीका सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजालको कमाण्डमा खटिएको टोलीले मंसिर २९ गते पर्सा जिल्लाको वीरगंज महानगरपालिका–६ स्थित लाटगलीबाट ३० लाख ४९ हजार ७ सय रुपैयाँ बराबरको लत्ताकपडा तथा कस्मेटिक सामान बरामद गरेको हो ।
सोही ठाउँस्थित एक घरमा राखिएको अवस्थामा गोदाममा छापा मारेर १ हजार ६ सय २७ पिस कुर्ता सुरुवाल, २ हजार ७ सय ६८ पिस सल र १ हजार ७ सय २८ पिस स्काफ, लेडिज ब्याग तथा कस्मेटिक सामानहरु बरामद गरेको हो ।
यसैगरी सोही महानगरपालिका–१६ स्थित ईनर्वा तथा अन्य नाकाहरुबाट १३ लाख ३६ हजार ९ सय ३५ रुपैयाँ बराबरको विभिन्न किसिमका सामानहरुसहित एउटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ ।
भारतबाट अबैध रुपले नेपालतर्फ ना ५३ प ९३०६ नम्बरको मोटरसाइकलमा राखेर तथा अन्य यात्रुवाहक सवारीसाधनमा लुकाईछिपाई ल्याउँदै गरेको कस्मेटिक तथा किराना सामान, मोटरपार्टस, कि–प्याड मोबाइल, मोबाइल एसोसेरिज र लत्ताकपडा सो गुल्मले मंसिर ३० गते बरामद गरेको हो । सामान ल्याउने व्यक्तिहरु भने गस्तीमा खटिएको सशस्त्र प्रहरीलाई देख्नासाथै फरार भएका थिए ।
बरामद गरिएका सामानहरु आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ ।
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३–८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend