रौतहट । भन्सारछलीका सामान भित्र्याउने गर्दा राजस्व असुली लक्ष्यअनुसार हुन सकेको छैन । कतिपय जिल्लामा सीमानाकामा भन्सारछली तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलकै मिलेमतोमा तस्करी हुने गरेको छ ।
सशस्त्र प्रहरी बलबाट खटिएका अधिकृतकै मिलेमतोमा गौर नाकाबाट तस्करी बढेको गुनासो बढेपछि एक डीएसपी तानिएका छन् ।
गौर नाकाबाट तस्करी भएको उजागर भएपछि छानबिनका लागि गौर भन्सारस्थित सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म, गौरका डीएसपी कृष्ण खतिवडा बाहिनीमा तानिएका छन् । मधेस प्रदेशस्थित सशस्त्रका डिआइजी कालिदास धौवजीले छानबिनका लागि बाहिनीमा तानेका हुन् । बाहिनीमा तानिएको बाहिनीले पुष्टि गरेको छ ।
गौर नाकामा खटिएका सशस्त्र प्रहरी मात्र होइन नेपाल प्रहरीको समेत मिलेमतोमा तस्करी भइरहेको छ । दशैं अगाडिदेखि चलेको तस्करीको लाइन अहिलेसम्म पनि यथावतरूपमा चलिरहेको छ । यस नाकाबाट कपडा, किराना लगायतका सामान बढी मात्रामा तस्करी हुँदै आइरहेको छ ।
यो नाकाबाट कपडा र किरानाको तस्करी गर्ने झण्डै २५ जनाको महिला समूह रहेको छ । यसबाहेक रोशन, रबि जैसवाल, अमरेन्द्र जैसवाललगायतका कारोबारीहरूले गौर र सँगैको महादेवपट्टीबाट खुलेआम तस्करीको लाइन पाएका छन् ।
महादेवपट्टी गौरसंँगै रहेको अर्को तस्करीको नाका हो । तस्करी गर्ने महिला समूहले स्थानीय रूपमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई बुझाउने घुसको रकम गौरकै एक रेडिमेड कपडा पसलमा जम्मा गराउने गरेको स्रोत बताउँछ ।
स्रोतका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई छुट्टाछुट्टै रूपमा घुसको रकम बुझाउने गरेर उनीहरूले तस्करीको लाइन पाएको स्थानीय व्यवसायी रामजनम साह बताउँछन । भारतीय व्यापारी महेश जसले गौरमा रेडिमेड कपडाको पसल चलाएका छन्, त्यही पसलमा कारोबारीहरूले घुसको रकम जम्मा गराउंँदै आएको साहले बताए । अन्य कारोबारीहरूले भने स्थानीय प्रहरीका असई, सशस्त्र प्रहरीका डिएसपी र जिल्लाबाट खटिएका घुमुवाहरूलाई सोझै दिने गरेको पनि उनले बताए ।
गौर नाकाबाट कपडाको तस्करी गर्ने लाइन रोशन र रविले मुख्य रूपमा पाएका छन् । गौरस्थित प्रहरी र सशस्त्र प्रहरीलाई मिलाएर उनीहरूले तस्करी गर्दै आएको सुचना पाएपछि जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी दिलिप घिमिरेले सोमबार बिहान ४ बजे जिल्लाको टोली पठाएर झण्डै ८ लाख बराबरको कपडा बरामद गरेका थिए ।
अहिले दिपावली र छठ पर्व नजिकिँदै गर्दा चिनी, रिफाइन तेल र किसमिसको तस्करी यो नाकाबाट व्यापक मात्रामा चलेको छ । यसको तस्करीको लाइन अमरेन्द्र जैसवालले पाएका छन् ।
ठूलो मात्रामा तस्करी गरेर ल्याएको सामान गौरबाट अन्य ठाउँमा चल्ने पचास भन्दा बढी बसमा हालेर अन्यत्र बजारमा पठाउने काम हुँदै आएको छ । प्रत्येक बसमा ५ देखि १० क्वीन्टल सम्म सामान बसबाट पठाउने काम हँुदै आएको छ । तस्करी गरेर भित्र्याउने र नेपाल भित्रिएपछि बील काटेर पठाउने धन्दा चलिरहेको छ । तस्करी गर्ने रोशन भारतीय हुन भने रबि र अमरेन्द्र जैसवाल नेपाली हुन् । तस्करी गरेर ल्याएको सामान एके ट्रेर्डसबाट बील काटेर अन्यत्र पठाउने गरिएको छ ।
सशस्त्र प्रहरीको गौरस्थित प्रस्तावित गुल्मबाट तस्कर देखि व्यापारीसँग भेटघाट गर्ने काम सहायक हवल्दार वीरेन्द्र साहले गर्दै आएको गुल्ममा कार्यरत एक जुनियर अफिसरले जानकारी दिए । बाहिर अरूलाई देखाउन र हाकिमलाई रिपोर्टिङ गर्ने क्रममा सहायक हवल्दार वीरेन्द्रलाई ड्राइभर हो भनेर भन्ने गरिएको छ । तर उनी घुमुवाको रूपमा पनि काम गरिरहेका छन् । गुल्मका डिएसपी र एसपीको घुमुवाको रूपमा उनलाई परिचालन गरिएको छ तर रिपोर्टिङ गर्दा ड्राइभर ।
त्यसैगरी रौतहटका सशस्त्र प्रहरीका बेशहरूको सबै उठाउने जिम्मा सहायक हवल्दार सुभाष सिंहले पाएको स्रोत बताउँछ । विगत ५ बर्षदेखि रौतहटका बेशहरूमा कार्यरत रहिरहेका उनी अहिले देवाही बेशमा कार्यरत छन् । वीरेन्द्र साहलाई जस्तै उनलाई पनि संचार दरबन्दीको भन्दै देखाउंदै सबै बेशहरूको घुमुवाको रूपमा परिचालन गरिएको छ ।
एके ट्रेर्डसले यस्ता बिल दैनिक १ सय वटा भन्दा बढी काट्ने गरेको समेत खुलेको छ । उक्त बिलको बारेमा छानबिन गरे धेरै तथ्य खुल्ने र तस्करीको सन्जाल उजागर हुने गौरका अर्का एक व्यापारी बताउँछन् ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend