काठमाडौं । भारतीय गाडी नेपाल प्रवेशका लागि सीमा जोडिएको जिल्लाका भन्सार कार्यालयबाट अनुमति लिनुपर्छ । एकै दिनमा फर्किने गरी बिना शुल्क नजिकको बजारसम्म भारतीय गाडी जान सक्छन् । नेपालतर्फ प्रवेश गरेका भारतीय गाडीले एक दिनभन्दा बढी बसेमा निर्धारित शुल्क तिर्नुपर्छ । नेपालतर्फ प्रवेशका लागि भन्सार कार्यालयमा छुटपूर्जीका लागि गाडी नै लिएर जानुपर्छ ।
नेपालमा सबैभन्दा बढी भारतीय गाडी बीरगंजबाट आउने गर्दछन् । तर बीरगंज भन्सारमा दलालहरुले विनागाडी नै भन्सार कार्यालयमा सेटिङ गरी नेपालतर्फ प्रवेश अनुमति लिने गरेका छन् । भन्सार कार्यालय बीरगंजमा गाडी नै नलगी छुटपूर्जी लिएर नेपालतर्फ गाडी निर्वाध आउने गरेका छन् ।
दलालहरुले भन्सारका कर्मचारीलाई घुस खुवाएर विनागाडी नै प्रवेश अनुमति लिने गरेको स्रोत बताउँछ । २०८१ मंसिर ६ गते स्थानीय ब्यवसायीहरुले गाडी नै नल्याई प्रवेश अनुमति दिने गरिएको र यसले धेरै समस्या आउने गरेको बिषयमा स्थानीय पर्यटन ब्यवसायीहरुले भन्सार कार्यालय बीरगंजका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेलाई अनुरोध गरेका थिए ।
लामिछानेले गाडी नल्याएसम्म अनुमति नदिने आश्वासन दिए । तर दलालहरुको सेटिङमा भन्सारका कर्मचारीहरुले गाडीबिना नै प्रवेश अनुमति दिइरहेको एक ब्यवसायीले नेपालफेसलाई बताएका छन् । गाडी अनिवार्य रुपमा भन्सार प्रांगणमा ल्याएपछि मात्र भन्सार कार्यालयले नेपाल प्रवेश अनुमति दिनुपर्ने हुन्छ । तर यो ब्यवस्थाबिपरीत विनागाडी नै बिचौलिया अरुण यादव र जीतेन्द्र पटेलले भन्सारका कर्मचारीलाई घुस दिएर छुटपूर्जी लिंदैआएको स्रोत बताउँछ । स्रोतका अनुसार यादव र पटेलले लाग्ने शुल्कभन्दा दोब्बर तेब्बर घुस बुझाएर विनागाडी नै प्रवेश अनुमति लिने गरेका छन् ।
गाडीविना नै छुटपूर्जी दिंदा ती गाडी अपराधजन्य कार्य वा तस्करीमा प्रयोग हुने संभावना भएकाले पनि भौतिक रुपमै हेरेर मात्र अनुमति दिने ब्यवस्था गरिएको हो । तर बिचौलिया यादव र पटेलले भन्सारका कर्मचारी सेटिङ गरी विनागाडी अनुमति लिने गरेका छन् ।
यादव र पटेलले बीरगंजबाट ठोरीको लागि अनुमतिपत्र दिन ४ हजारसम्म घुस दिएर अनुमति लिने गरेको आरोप छ । यादव र पटेलले बर्षौंदेखि भारतीय गाडी भन्सारमा नल्याई नेपाल प्रवेश अनुमति लिने क्रममा भन्सार सेटिङको धन्दा गर्दैआएका छन् । यी बिचौलियाका कारण बीरगंजको बाटो हुँदै काठमाडौंसम्म आउने पर्यटक पनि पनि हैरान हुने गरेका छन् । काकडभित्ता, बिराटनगर, पोखरा जाने पर्यटक उत्तिकै हैरान छन् । गाडी नै नभई कागजको भरमा अनुमति दिने भन्सार कार्यालय बीरगंजका कर्मचारीले गाडीसहित आउने पर्यटकलाई भने अनावश्यक केरकार गर्ने र दुःख दिने गरेको गुनासो छ ।
नियमअनुसार भारतीय नम्बर प्लेटका सवारी साधन ३० किलोमिटरसम्म भन्सार सुविधामा ल्याउन मिल्छ । भारतीय नम्बर प्लेटका कार र जिप प्रयोग गर्नेले दैनिक ४ सय ५२ रुपैयाँ भन्सार शुल्क तिर्नुपर्ने व्यवस्था छ । एक वर्षमा एउटा भारतीय गाडीले ३० दिनभन्दा बढी प्रवेश अनुमति पाउँदैन ।
सीमावर्ती शहरमा हुने अपराधमा भारतीय नम्बर प्लेटका गाडीको प्रयोग हुने गरेका समाचार पनि बारम्बार आउने गरेका छन् । अपराधमा प्रयोग गरिएका भारतीय नम्बर प्लेटका गाडी कानुनी प्रक्रियासमेत पूरा नगरी भित्रने गरेका छन् ।
लागुऔषध ओसारपसारमा प्रायः भारतीय नम्बर प्लेटका मोटरसाइकलको प्रयोग भएका समाचार पनि आइरहन्छन् ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रमा ५ महिनामा पाँचौं सचिवका रुपमा चक्रबहादुर बुढाले पद सम्हाल्दैछन् । तीन दिनअघि राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा भूपाल बराललाई बुधबार...
काठमाडौं । गृह मन्त्रालयले सरुवा गरिसकेको १४ दिन बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय पर्साका नायब सुब्बा गौरीशंकरप्रसाद गुप्तालाई पुरानै जिम्मेवारीमा राखिएको विषयले प्रशासनिक वृत्तमा...
काठमाडौं । परराष्ट्र मन्त्रालयका कर्मचारीहरुले राजदूत पदमा मात्र होइन, श्रम सहचारीमा समेत आँखा लगाएका थिए । विगतदेखि नै श्रम सहचारीमा सामान्य प्रशासन समूहका कर्मचारीलाई...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ। मन्त्रालयको निर्णयअनुसार थापालाई सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend