काठमाडौं । संविधानअनुसार बन्न बाँकी रहेका कानूनहरू सम्बन्धमा अध्ययन गर्न उपसमिति गठन भएको छ ।
राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति अन्तर्गत सो उपसमिति गठन भएको हो । मंगलबार सिंहदरबारमा बसेको बैठकले सांसद डा.वेदुराम भुसालको संयोजकत्वमा पाँच सदस्यीय उप समिति गठन गरेको हो।
सो उपसमितिलाई संविधानअनुसार बन्न बाँकी कानुनहरूको संसदमा ल्याउन भनी दिएको निर्देशनको कार्यान्वयनको अवस्थाबारे अध्ययन गर्ने निर्देशन दिइएको छ ।
समितिको सदस्यमा एमालेबाट गोपाल भट्टराई, कांग्रेसबाट विष्णुदेवी पुडासैनी,माओवादी केन्द्रबाट गंगाकुमारी वेल्वासे र जसपा नेपालबाट मृगेन्द्रकुमार सिंह यादव सदस्य रहेका छन । सो समितिको म्याद एक महिना अर्थात पुस ११ गतेसम्म तोकिएको छ ।
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend