Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रचण्डद्वारा पूर्वसभामुख ढुगानाको पार्थीव शरीरमा श्रद्धाञ्जली अर्पण


    सोमबार, मंसिर ३ २०८१
    935
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वसभामुख दमननाथ ढुगानाको पार्थिव शरीर श्रद्धाञ्जली अर्पण गरेका छन् । प्रचण्डले ज्ञानेश्वरस्थित सानो गौचरणमा पुगेर श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

    कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुगानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो ।

    सानोगौचरणमा श्रद्धाञ्जलीपछि उनको पार्थिव शरीर अन्त्येष्टि पशुपति आर्यघाटमा गरिने ढुगानाको परिवारले जानकारी दिएको छ । नेपाल सरकारले उनको अन्त्येष्टि राजकीय सम्मानका सा गर्ने निर्णय गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार