विराटनगर । मानवतस्करीमा मुछिएपछि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिएका छन् । मोरङ–२ को प्रदेशसभा–२ बाट निर्वाचित नेकपा एमालेका प्रदेशसभा सदस्य अधिकारी मुख्यमन्त्री हिक्मत कार्कीका निकट मानिन्छन् ।
एक संस्थाले मन्त्री अधिकारीलाई जापान भ्रमणमा लाने क्रममा तीन जना युवालाई जापानमा पुर्याएर उतै छाड्न लागेको सूचना पाएपछि जापानले उनीहरुलाई डिपोर्ट गरिसकेपछि यो प्रकरणको लहरो तान्दा पहरो नै आएको हो ।
मन्त्री अधिकारी सरकारको अनुमति नलिई जापान भ्रमणमा गएको बिषय सार्वजनिक भएपछि एकपछि अर्को तथ्य खोतल्दै जाँदा जापानमा मानवतस्करीको रहस्य पर्दाफास भएपछि मुख्यमन्त्री हिक्मत कार्कीले उनलाई बोलाएर राजीनामा दिन लगाएका छन् । एमालेबाट मन्त्री भएका अधिकारी मुख्यमन्त्री कार्कीनिकट मानिन्छन् ।
मन्त्री अधिकारीले गएको कात्तिक ११ गतेदेखि १५ गतेसम्म जापान भ्रमण गरेका थिए । आफ्नै क्षेत्रका कार्यकर्ताको विश्वासमा जापान गएका मन्त्री अधिकारीसँग हङकङमा ट्रान्जिटको बेला उनीसँगै कार्यक्रममा सहभागी हुन हिँडेको भन्दै तीन जना नेपाली भेट्न आएपछि उनी झस्किन पुगेका थिए ।
अधिकारीलाई जापानको टोकियो महानगरपालिकाको कार्यक्रममा सहभागी हुनका लागि निम्तो आएको भनेर आयोजकले लगेका थिए । उनलाई जापान जाने व्यवस्थापन मोरङकै एक एमाले कार्यकर्ताले गरेका थिए । ती एमाले कार्यकर्ताले नक्कली कागजात बनाएर मन्त्रीको आडमा मानवतस्करी गर्न खोज्दा अधिकारीसहित मुख्यमन्त्री कार्कीसमेत विवादमा परेका छन् । मानवतस्करीका योजनाकार मोरङ एमालेका कार्यकर्ताको नाम भने प्रहरीले खुलाउन चाहेको छैन ।
तीन जनालाई जापान लैजाने भनेर पैसा उठाएको खुलासा भएपछि मन्त्री अधिकारीले हङकङबाटै नेपाल प्रहरीको बिशेष ब्यूरोका डीआईजी राजन अधिकारीलाई जानकारी गराएको दाबी गरेका छन् ।
मन्त्रीसँगै जापान जानेहरुमा खोटाङ घर भएका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटा छन् । कात्तिक १४ मा टोकियोस्थित जापानको अध्यागमन कार्यालयले उनीहरुलाई डिपोर्ट गरेको थियो ।
काठमाडौँ विमानस्थलमा ओर्लिएपछि उनीहरुलाई अध्यागमन कार्यालय र त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले नियन्त्रणमा लिएर उपत्यका अपराध अनुसन्धान कार्यालयलाई जिम्मा लगाइसकेको छ । र, प्रहरीले अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend