काठमाडौं । नेपाल प्रहरीमा एआइजी, डिआइजी र एसएसपीका रिक्त दरबन्दीमा एकैपटक बढुवा निकाल्ने गृहकार्य प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयले गरिरहेको छ । दुई एआइजी, सात डिआइजी, २० एसएसपी तथा ३२ एसपी पद रिक्त छन् । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर १८ कात्तिकमा इन्टरपोलको सम्मेलनमा भाग लिन बेलायत जाने भएकाले त्यसअघि नै एसएसपीसम्म बढुवा गर्ने तयारीमा छन् ।
बढुवामा सबैभन्दा बढी चर्को प्रतिस्पर्धा एसएसपीमै देखिएको छ । एसएसपीका २० पद रिक्त छन् । तर बढुवाका आकांक्षी ४० भन्दा बढी एसपी छन् । एसएसपी बढुवामा २०५६ सालको ब्याचका पनि छन् । बरिष्ठताकै आधारमा यो ब्याचका गोविन्द अधिकारी, बिमल कणेल, बिनोद सिलवाल, तुलबहादुर कार्की, राकेश सिंह र राजीव बस्नेत बढुवामा पर्ने संभावना प्रबल छ ।
२०५८ को ब्याचबाट रमेश थापासहित पहिलो बढुवा सूचीबाट ११ जनामात्र बढुवा हुने सम्भावना छ । २०७५ फागुन ३ मा एसपी बढुवा भएको सूचीबाट विवादमा परेका प्रकाश रानाभाट र कमल थापा बाहेक जनार्दन जीसी, कृष्ण कोइराला, सन्तोष खड्का, रन्जु सिग्देल, अनुपमशमशेर जवरा, श्यामकुमार महतो, कृष्ण पँगेनी, नवराज अधिकारी र बीरबहादुर बुढा बढुवामा पर्ने देखिन्छ ।
रमेश थापा आफ्नै घरबाट वर्तमान सरकार गठन भएकाले आफू त पहिलो वरियतामा पर्ने कुरामा ढुक्क नै छन् । साथै दोस्रो, तेस्रो र चौथो वरियतामा पनि कसलाई ल्याउने भनेर सूची तयार गर्न तल्लीन भएर लागेको स्रोत बताउँछ । यीमध्ये कतिपय कार्यक्षमतामा कमजोर र मानिन्छन् ।
विगतमा कास्कीको एसपी हुँदा रवि लामिछानेको बिरुद्ध सूर्यदर्शन सहकारीका बचतकर्ताले दिएको उजुरी दर्ता नगरी उनलाई सहयोग गरेका एसपी अजय केसी पनि बढुवामा दोस्रो नम्बरमा पर्ने निश्चित भएको भन्दै हिंडेका छन् । रवि लामिछाने पावरमा हुँदा उनकै निकट केसी बिचौलिया नवीन बस्नेतमार्फत् पनि बालुवाटारमा पनि पहुँच पुर्याएर बढुवा हुने दाउमा छन् । उनलाई मापदण्ड अनुसार उचाई नपुगेको भन्दै अच्यूतकृष्ण खरेलले इन्स्पेक्टरमा भर्ना गर्न अस्वीकार गरेका थिए ।
बाबु बिष्णुबहादुर महालेखापरीक्षक भएकाले छोरालाई भर्ना नगरेबापत बेरुजु निकालिदिए । वामदेव गौतमले बनाएका आईजीपी धु्रवबहादुर प्रधानले खरेलजस्तै बेरुजुमा पर्ने डरले उनलाई भर्ना गरेका थिए । केसी पूर्णबहादुर खड्काको आडमा सधैं आकर्षक जिल्ला बस्ने, अख्तियारमा सरुवा हुने अधिकृतमा पर्दछन् ।
२०७७ बैशाख १७ मा एसपी भएको ब्याचबाट प्रभु ढकाल, होविन्द्र बोगटी, शान्तिराज कोइराला, सन्तोष सिंह राठौर, दयानिधि ज्ञवालीलगायतले बढुवामा पर्न चर्को लबिङ गरिरहेका छन् ।
एआईजीमा डीआईजीद्वय दुर्गा सिंह र बुद्धिराज गुरुङलाई बढुवा सिफारिस गर्नुपर्ने हो । तर अवकाशको मुखमा रहेकी डीआईजी किरण राणाको बढुवा सिफारिस भइसकेको छ । अवकाशको मुखमा रहेका अर्का डीआईजी केदार ढकाल पनि बढुवाका लागि लागेका छन् ।
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend