Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • भुटानलाई ७-१ ले हराउँदै बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा


    आइतबार, कार्तिक ११ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।

    प्रतियोगिताको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ७-१ गोल अन्तरले पराजित गरेको हो । खेलको पहिलो हाफमा बंगलादेशले ५-१ गोल गरेको थियो भने दोस्रो हाफमा २ गोल गरेको थियो ।

    बंगलादेशको जितमा तोहुरा खातुनले ह्याट्रिक गरेकी थिइन् भने सबिना खातुनले २ गोल र ऋतु पुर्ण चक्माले एक गोल गरेकी थिइन् । त्यस्तै भुटानका लागि डेकी लहाजोमले एक गोल गरेकी थिइन् ।

    डिफेन्डिङ च्याम्पियन्स समेत रहेको बंगलादेश लगातार दोस्रो पटक साफको फाइनलमा पुगेको छ । अब बंगलादेशले आज हुने दोस्रो सेमिफाइनलको नेपाल र भारतबीचको विजेतासँग फाइनलमा खेल्ने छ । फाइनल खेल बुधबार हुने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार