काठमाडौँ । काठमाडौँमा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपालले भारतको सामना गर्दै छ । सेमिफाइनल खेल नेपाल र भारतबीच साँझ साढे ६ बजेदेखि शुरु हुने छ ।
यस पटक पनि २०२२ को साफ सेमिफाइनल दोहोरिने भएको छ । सो सेमिफाइनलमा नेपालले भारतमाथि १-० को जित निकालेको थियो । आजको खेलमा पनि नेपालले भारतमाथि घरेलु मैदानको फाइदा उठाउदै जित निकाल्ने लक्ष्यका साथ मैदानमा जाने छ ।
जारी साफको समुह ए बाट बंगलादेश र भारत सेमिफाइनलमा पुगेका छन् भने समुह बी बाट नेपाल र भुटान सेमिफाइनलमा पुगेका हुन् ।
बंगलादेश समुह ए मा २ खेलमा ४ अंक हासिल गर्दै समुह विजेता बनेर सेमिफाइनल खेल्ने भएको हो । बंगलादेशले पाकिस्तानसँग १-१ को बराबरी खेलेको थियो भने भारतलाई ३-१ गोल अन्तरले पराजित गर्दै समुह विजेता बनेको थियो । त्यस्तै भारतले भने पाकिस्तानविरुद्ध ५-२ को जित निकालेको थियो । त्यस्तै समुह ए बाट पाकिस्तान भने तेस्रो हुदै समुह चरणबाट बाहिरिएको थियो ।
त्यस्तै समुह बी मा भने नेपाल समुह विजेता हुदै सेमिफाइनलमा पुगेको छ । नेपालले ३ खेलमा ७ अंक हासिल गरेको छ । नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा माल्दिभ्सलाई ११-० ले र तेस्रो खेलमा श्रीलंकालाई ६-० ले पराजित गरेको थियो । नेपालले तिन खेलमा कुल १७ गोल गर्यो भने कुनै गोल खाएको छैन ।
त्यस्तै भुटान भने ३ खेलमा ७ अंकनै हासिल गर्दै गोल अन्तरको आधारमा नेपालभन्दा पछि परेपछि उपविजेता हुदै सेमिफाइनलमा पुगेको छ । भुटानले पहिलो खेलमा नेपालसँग गोल रहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ४-१ ले र तेस्रो खेलमा माल्दिभ्सलाई १३-० ले पराजित गरेको थियो ।
यस अघि खेलेका ६ साफ च्याम्पियनसिपमा नेपालले अहिलेसम्म उपाधि जित्न सकेको छैन । तर नेपाल ६ मध्ये ५ पटक उपविजेता बनेको छ । जसमा चार पटक फाइनलमा भारतसँग पराजित भएको छ । पछिल्ला दुई साफमा नेपाल घरेलु मैदानमै फाइनलमा २०१९ मा भारतसँग र २०२२ मा बंगलादेशसँग फाइनलमा पराजित भएको थियो ।
तर यस पटक नेपालको दाबेदारी यसअघि भन्दा बलियो मानिन्छ । नेपालकी प्रमुख खेलाडी सावित्रा भण्डारी साम्बाको युरोपियन क्लबको एक्सपोजरले उनलाई थप परिपक्क बनाएको उनको पछिल्लो खेलबाट देख्न सकिन्छ । उनले गोल गर्ने मात्र होइन गोल गर्ने अवस्था सिर्जना गर्ने कला विकास गरेको देख्न सकिन्छ ।
त्यस्तै नेपाली राष्ट्रिय टिममा आफ्नो भूमिकालाई पछिल्लो समय सशक्त बनाएकी खेलाडी हुन् रेखा पौडेल । साबित्राको अनुपस्थितिमा पनि नेपाललाई जित दिलाउने क्षमता रेखाले बनाएकी छन् । उनको मिडफिल्डमा विपक्षीलाई छलाउने कला र आक्रमणको शैलीले नेपाली टिमलाई थप बलियो बनेको छ । युएईको आबुधाबी कन्ट्री क्लबबाट हाल खेलिरहेकी रेखाको त्यो अनुभवले राष्ट्रिय टिममा भूमिका बढेको उनको खेलबाट स्पष्ट देखिन्छ ।
त्यस्तै नेपाली महिला टिम र भारतबीच अहिलेसम्म १७ खेल भएका छन् । जसमा भारतले ११ खेल जितेको छ भने नेपालले २ खेल मात्र जितेको छ ।
त्यसैगरी ४ खेल बराबरी भएका छन् । नेपालले पछिल्लो २०२२ को साफ सेमिफाइनलमा भारतलाई पराजित गरेपछि खेलेका थप २ खेलमा हार बेहोरेको छैन । नेपालले सन् २०२२ मा चेन्नाईमा भएको दुई मैत्रीपूर्ण खेलमा भारतलाई बराबरीमा रोकेको थियो ।
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३–८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend