काठमाडौँ । काठमाडौँमा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपालले भारतको सामना गर्दै छ । सेमिफाइनल खेल नेपाल र भारतबीच साँझ साढे ६ बजेदेखि शुरु हुने छ ।
यस पटक पनि २०२२ को साफ सेमिफाइनल दोहोरिने भएको छ । सो सेमिफाइनलमा नेपालले भारतमाथि १-० को जित निकालेको थियो । आजको खेलमा पनि नेपालले भारतमाथि घरेलु मैदानको फाइदा उठाउदै जित निकाल्ने लक्ष्यका साथ मैदानमा जाने छ ।
जारी साफको समुह ए बाट बंगलादेश र भारत सेमिफाइनलमा पुगेका छन् भने समुह बी बाट नेपाल र भुटान सेमिफाइनलमा पुगेका हुन् ।
बंगलादेश समुह ए मा २ खेलमा ४ अंक हासिल गर्दै समुह विजेता बनेर सेमिफाइनल खेल्ने भएको हो । बंगलादेशले पाकिस्तानसँग १-१ को बराबरी खेलेको थियो भने भारतलाई ३-१ गोल अन्तरले पराजित गर्दै समुह विजेता बनेको थियो । त्यस्तै भारतले भने पाकिस्तानविरुद्ध ५-२ को जित निकालेको थियो । त्यस्तै समुह ए बाट पाकिस्तान भने तेस्रो हुदै समुह चरणबाट बाहिरिएको थियो ।
त्यस्तै समुह बी मा भने नेपाल समुह विजेता हुदै सेमिफाइनलमा पुगेको छ । नेपालले ३ खेलमा ७ अंक हासिल गरेको छ । नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा माल्दिभ्सलाई ११-० ले र तेस्रो खेलमा श्रीलंकालाई ६-० ले पराजित गरेको थियो । नेपालले तिन खेलमा कुल १७ गोल गर्यो भने कुनै गोल खाएको छैन ।
त्यस्तै भुटान भने ३ खेलमा ७ अंकनै हासिल गर्दै गोल अन्तरको आधारमा नेपालभन्दा पछि परेपछि उपविजेता हुदै सेमिफाइनलमा पुगेको छ । भुटानले पहिलो खेलमा नेपालसँग गोल रहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ४-१ ले र तेस्रो खेलमा माल्दिभ्सलाई १३-० ले पराजित गरेको थियो ।
यस अघि खेलेका ६ साफ च्याम्पियनसिपमा नेपालले अहिलेसम्म उपाधि जित्न सकेको छैन । तर नेपाल ६ मध्ये ५ पटक उपविजेता बनेको छ । जसमा चार पटक फाइनलमा भारतसँग पराजित भएको छ । पछिल्ला दुई साफमा नेपाल घरेलु मैदानमै फाइनलमा २०१९ मा भारतसँग र २०२२ मा बंगलादेशसँग फाइनलमा पराजित भएको थियो ।
तर यस पटक नेपालको दाबेदारी यसअघि भन्दा बलियो मानिन्छ । नेपालकी प्रमुख खेलाडी सावित्रा भण्डारी साम्बाको युरोपियन क्लबको एक्सपोजरले उनलाई थप परिपक्क बनाएको उनको पछिल्लो खेलबाट देख्न सकिन्छ । उनले गोल गर्ने मात्र होइन गोल गर्ने अवस्था सिर्जना गर्ने कला विकास गरेको देख्न सकिन्छ ।
त्यस्तै नेपाली राष्ट्रिय टिममा आफ्नो भूमिकालाई पछिल्लो समय सशक्त बनाएकी खेलाडी हुन् रेखा पौडेल । साबित्राको अनुपस्थितिमा पनि नेपाललाई जित दिलाउने क्षमता रेखाले बनाएकी छन् । उनको मिडफिल्डमा विपक्षीलाई छलाउने कला र आक्रमणको शैलीले नेपाली टिमलाई थप बलियो बनेको छ । युएईको आबुधाबी कन्ट्री क्लबबाट हाल खेलिरहेकी रेखाको त्यो अनुभवले राष्ट्रिय टिममा भूमिका बढेको उनको खेलबाट स्पष्ट देखिन्छ ।
त्यस्तै नेपाली महिला टिम र भारतबीच अहिलेसम्म १७ खेल भएका छन् । जसमा भारतले ११ खेल जितेको छ भने नेपालले २ खेल मात्र जितेको छ ।
त्यसैगरी ४ खेल बराबरी भएका छन् । नेपालले पछिल्लो २०२२ को साफ सेमिफाइनलमा भारतलाई पराजित गरेपछि खेलेका थप २ खेलमा हार बेहोरेको छैन । नेपालले सन् २०२२ मा चेन्नाईमा भएको दुई मैत्रीपूर्ण खेलमा भारतलाई बराबरीमा रोकेको थियो ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend