Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सिम्रौनगढ नगरपालिकाका हाकिम ७८ हजार घुस लिंदालिंदै पक्राउ


    बिहिबार, कार्तिक ८ २०८१
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • हेटौंडा । सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७८ हजार रुपैयाँ घुस लिइसकेपछि नियन्त्रणमा लिएको छ ।

    नगरपालिकाले गर्ने बिल भुक्तानीमा घुस मागेको सूचना पाएपछि अख्तियारको हेटौंडाबाट खटिएको टोलीले साहलाई बिहीबार नियन्त्रणमा लिएको हो ।

    निमित्त प्रमुख प्रशासकीय अधिकृत साहलाई कलैया उपमहानगरपालिका भरतचौकबाट नियन्त्रणमा लिइएको हेटौंडास्थित अख्तियारको कार्यालयका सूचना अधिकारी गोविन्दप्रसाद गौतमले जानकारी दिएका छन् ।

    साह गएको असार तेस्रो साताबाट सिम्रौनगढको निमित्त प्रमुख प्रशासकीय अधिकृत भएका थिए । यसअघि किर्ते कागजात पेस गरेर प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी हात पारेका हरिओम जयसवाललाई जिम्मेवारीबाट हटाउँदै मन्त्रालयले नगरपालिकामा कार्यरत वरिष्ठ कर्मचारीमध्ये अधिकृत सातौँ तहका साहलाई प्रमुख प्रशासकीयको जिम्मेवारी दिएको थियो । साह पनि ७८ हजार घुसकाण्डमा पक्राउ परेपछि निलम्बनमा परेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार