काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख(एसपी) नवराज कार्की तानिएलगत्तै कोशी प्रदेशका डीआईजी चन्द्रकुवेर खापुङमाथि पनि छानबिन सुरु भएको छ ।
२५ लाख जुवादेखि क्रिप्टो कारोबारीसँग डीआईजीका घुमुवाको कनेक्सन देखिएपछि उनीमाथि छानबिन सुरु भएको बताइएको छ । आईजीपी बसन्तबहादुर कुँवरको निर्देशनबिपरीत दुहवी गणमा दरबन्दी रहेका सई भुवन श्रेष्ठलाई डीआईजी खापुङले घुमुवा राखेर असुली असुली गर्न छुट दिएको खुलेपछि उनीसँग प्रहरी प्रधान कार्यालयले स्पष्टीकरण सोधेको छ ।
नेपालफेस डटकमले बारम्बार कोशीमा घुमुवाले तस्करीको नेटवर्क नै चलाएको समाचार लेख्दैआएको छ । विनोद केसरीको चिनी तस्करी प्रकरणले सशस्त्रका एसपी तानिए, घुमुवा फिर्ता गरियो । तर नेपाल प्रहरीका न त घुमुवा नै तानिए न त कसैमाथि कारबाही नै भयो । डीआईजी खापुङले अर्का सई गोपाल श्रेष्ठलाई पनि कार्यालयमा हाजिर नै गर्नुनपर्नेगरी घुमुवामा परिचालन गर्दैआएका छन् ।
सई भुवन श्रेष्ठलाई दुहवी दंगा गणमा दरबन्दी राखेर घुमुवा राखेर घुमुवामा परिचालन गरेको छ । रंगेलीबाट जिल्ला प्रहरी कार्यालयमा तान्यो । तर अझै दरबन्दी रहेको दुहवी गणमा पठाइएको छैन । सादा पोशाकमा परिचालित सई श्रेष्ठले डीआईजीको आडमा असुली धन्दा गरेको समाचार ३ महिनाअघि नै नेपालफेसले प्रकाशित गरेको थियो ।
श्रेष्ठ डीआईजी र एसपीको घुमुवाका रुपमा परिचालित थिए । डीआईजीकै संरक्षणमा असुलीमा परिचालित सई श्रेष्ठलाई इलाका प्रहरी कार्यालय रंगेलीबाट जिल्ला प्रहरी कार्यालय मोरङमा तानिएको छ । दरबन्दी रहेको दुहवी गणमा पठाइएको छ । मोरङमा काजसरुवा भएका एसपी नारायण चिमौरिया दुहवी गणमै कार्यरत थिए । उनीसँग पनि सई श्रेष्ठको सम्बन्ध राम्रो भएको र खुसी पारिरहेका कारण उनलाई दरबन्दी नपठाई आईजीपी कुँवरलाई गुमराहमा राख्न खोजिएको स्रोत बताउँछ ।
यसअघि तत्कालीन एसपी नवराज कार्कीले घुमुवाहरु भुवन श्रेष्ठ, उत्तम कार्की, सुवास चौधरीहरुलाई परिचालन गरी क्रिप्टो कारोबार गर्नेसँग आर्थिक लाभ लिएको आरोप लागेपछि छानविन भइरहेको छ ।
डीआइजी कार्कीले बेलबारीमा १२ बर्षदेखि घुमुवाका रुपमा जुवा अखाडामा सेटिङ गर्ने सहायक हवल्दार उत्तम कार्कीलाई यथावत राखेका छन् ।
खापुङ यसअघि दरबारमार्ग वृत्तमा डीएसपी हुँदा पनि विवादमा परी तानिएका थिए । तत्कालीन आईजीपी उपेन्द्रकान्त अर्यालले उनले मिटरब्याजी सोभित सिलवाललाई कलडिटेल बेचेको देखिएपछि तानेका थिए ।
मोरङको घुसकाण्डको कोशी प्रदेशका एसएसपी भीम दाहालको नेतृत्वमा छानबिन भइरहेको छ । तर डीआईजी खापुङ नै घुसकाण्डमा मुछिएपछि निष्पक्ष छानबिन हुनेमा आशंका गर्न थालिएको छ ।
एसपी कार्की र डीआईजी नै पीडितलाई प्रभावमा पारी उजुरी दिनबाट रोक्नतिर लागेपछि दाहाल नेतृत्वको समितिले निष्पक्ष रुपमा काम गर्न गाह्रो देखिएको छ ।
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend