काठमाडौं । जिल्ला प्रहरी कार्यालयका मोरङमा काजसरुवा गरिएका एसपी राजन लिम्बुको काज रद्द भएको छ । शुक्रबार मोरङका प्रमुख (एसपी) नवराज कार्कीलाई ८ महिनामै तानेर लिम्बुलाई काजसरुवा गरिएको थियो । अनलाइन जुवामा २५ लाख घुस लिएको गुनासो आएपछि एसपी कार्कीलाई प्रहरी प्रधान कार्यालयले ८ महिनामै तानेको बताइएको छ ।
कार्कीलाई तानेर खटाइएका लिम्बुको काजरद्द गरी सुनसरीको दुहबी गणमा कार्यरत एसपी नारायण चिमौरियालाई मोरङमा काजसरुवा गरिएको छ । उनी यसअघि डीएसपी हुँदै सुनसरीमा केही महिना निमित्त प्रहरी प्रमुख भएका थिए । चिमौरिया डीएसपी हुँदा रौतहट, बानेश्वर बृत्तमा कार्यरत रहेका थिए । बानेश्वर बृत्तदेखि रौतहट र सुनसरीको डीएसपीमा हुँदा पनि उनको रेकर्ड भने त्यति राम्रो थिएन । तिनै चिमौरियालाई मोरङको प्रहरी प्रमुखमा काज गरिएको छ ।
अनलाइन जुवा कारोबारीसँग आर्थिक लेनदेन गरेको भेटिएपछि एसपी कार्कीसहित मोरङमा कार्यरत प्रहरी निरीक्षक विक्रमबहादुर भट्टराई, हवल्दार राजकुमार श्रेष्ठ, सहायक हवल्दार सरोज श्रेष्ठ र इलाका प्रहरी कार्यालय बेलबारीमा कार्यरत हवल्दार खगेन्द्र राउत प्रदेश प्रहरी कार्यालय तानिएका छन् । प्रहरी निरीक्षक भट्टराई भने भर्खरै तालिम सकेर पदस्थापन भएका थिए । उनको संलग्नता नभए पनि तानिएका छन् ।
तर बेलबारीमा १२ बर्षदेखि घुमुवाका रुपमा जुवा अखाडामा सेटिङ गर्ने सहायक हवल्दार उत्तम कार्की तानिएका छैनन् । अर्का सहायक हवल्दार सुवास चौधरीलाई तानिए पनि उत्तम कार्की तानिएका छैनन् । कार्की दरबन्दी अन्यत्र भए पनि १२ बर्षदेखि बेलबारी, उर्लाबारी मात्र होइन, ७० किलोमिटर टाढा बिराटनगरमा समेत आएर गजल रेष्टुरेन्टहरुबाट एसपीका लागि हप्तावारी उठाउने गरेको स्रोत बताउँछ । यस्ता विवादित घुमुवालाई आईजीपी सचिवालयले तानेको छैन ।
त्यसो त पूर्वी क्षेत्रको रंगेली क्षेत्रमा १० बर्षभन्दा बढी समयदेखि घुमुवाको रुपमा कार्यरत प्रनानि भुवन श्रेष्ठलाई समेत तानिएको छैन । भुवन श्रेष्ठको टोलीले चिनीदेखि कपडा र हार्डवेयर ब्यापारीसँग तस्करीको सेटिङ गर्ने गरेको समाचार नेपालफेसले उजागर गरे पनि कोशी प्रदेशका डीआईजी चन्द्रकुवेर खापुङले समेत संरक्षण गरेका कारण उनीहरु अहिले पनि यथावत छ । २५ लाख काण्डमा एसपी कार्की तानिए पनि काजमा कार्यरत घुमुवाहरु अझै पनि असुलीमै छन् ।
धेरै घुमुवाहरुको सरुवा गरेको आईजीपी सचिवालयले बेलबारी–उर्लाबारी क्षेत्रका विवादित घुमुवा कार्की र रंगेली क्षेत्रमा तस्करीको नेटवर्क चलाउने भुवन श्रेष्ठलाई भने अहिलेसम्म पनि छुट दिएको छ । जबकि उनीहरुको दरबन्दी पनि अन्यत्रै रहेको छ । दरबन्दीमा पठाउने आईजीपीको अभियानसमेत प्रदेशका डीआईजी खापुङले नै असफल पार्ने काम गरेका छन् ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend