Nepal Face
  • आइतबार, १० साउन २०८३
  • साफ महिला च्याम्पियनसिप: पाकिस्तानसँग हारबाट बच्यो बंगलादेश


    आइतबार, कार्तिक ४ २०८१
    985
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । बंगलादेश जारी साफ महिला च्याम्पियनसिपको पहिलो खेलमा पाकिस्तानसँग बराबरीमा रोकिएको छ ।

    आइतबार दशरथ रंगशालामा सम्पन्न खेलमा बंगलादेश र पाकिस्तानले १-१ गोलको बराबरी खेलेका हुन् ।

    खेलको पहिलो हाफमा पाकिस्तानले १-० ले अग्रता लिएकोमा बंगलादेशले खेलको ९०औं मिनेटमा गोल गर्दै खेल बराबरी गरेको थियो ।

    पाकिस्तानका लागि खेलको ३१औ मिनेटमा जाहमेना मालिकले गोल गर्दै शुरुवाती अग्रता दिलाएकी थिइन् भने बंगलादेशका लागि ९०औं मिनेटमा शम्सुन्नाहरले बराबरी गोल गरेकी थिइन् ।

    यो बराबरीपछि समुह ए मा रहेको पाकिस्तानको २ खेलमा एक अंक भएको छ र बंगलादेशको एक खेलमा एक अंक भएको छ । समुह ए मा पहिलो खेल जितेर भारत ३ अंकसहित शिर्ष स्थानमा छ ।

    अब समुह ए बाट भारत सेमिफाइनलमा पुग्ने निश्चित भएको छ भने दोस्रो देशको टुंगो भने भारत र बंगलादेशबीचको खेलपछि लाग्ने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार