काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउपछि शुक्रबार एमालेका महासचिव शंकर पोखरेलले सहकारी प्रकरणमा एमालेसम्बद्ध बागलुङको ढोरपाटन गाउँपालिका अध्यक्ष देवकुमार नेपाली र एमालेको सहकारी विभागका सचिव केबी उप्रेतीलाई जिम्मेवारीबाट हटाएर अनुसन्धान प्रक्रियामा सहयोग गरेको कुरा सामाजिक संजाल फेसबुकमा लेखेका छन् । तर महासचिव पोखरेलले १० करोडभन्दा बढी सहकारीको बचत अपचलनमा मुछिएका सार्वजनिक लेखासमितिका सभापति ऋषिकेश पोखरेल र उनकी पत्नी अन्जलाको बारेमा केही पनि उल्लेख गरेका छैनन् ।
मोरङको उमागौरी कृषि सहकारी संस्थाको १२ करोड रुपैयाँ अपचलनमा संसदको सार्वजनिक लेखासमितिका सभापति एवं नेकपा(एमाले)का नेता ऋषिकेश पोखरेल जोडिएका छन् । मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया बजारमा रहेको उक्त सहकारी ठगी प्रकरणमा सांसद पोखरेलको समेत संलग्नता भएको खुलेको छ । तर पोखरेलले सांसद पोखरेललाई अनुसन्धान प्रक्रियामा सहयोग गर्न जिम्मेवारीबाट हटाएको बिषयमा केही पनि बोलेका छैनन् ।
सांसद पोखरेल र उनकी श्रीमतीलाई चाहिँ अनुसन्धान प्रक्रियामा सहयोग गर्नुपर्ने हो कि होइन, त्यो प्रश्न महासचिव पोखरेलतिर सोझिएको छ ।
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदीलय बैठक बोलाएका छन्। पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार शीर्ष नेतृत्वबीचको सर्वदलीय बैठक बुधबार बस्न लागेको हो। बैठक...
काठमाडौं । नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहलाई संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुनुअघि सर्वदलीय बैठक राख्न सुझाव दिएका छन् । मंगलवार...
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गरी एकताबद्ध भएर अघि बढ्न अपिल गरेका छन् । देउवाले मंगलबार ७ बुँदे अपिल...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ताहिर अली भाटले आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गर्न सरकारसँग माग गरेका छन् । आज मंगलवार बसेको...
काठमाडौं। नेपाली कांग्रेसले निर्वाचन निर्देशिका २०८३ जारी गरेको छ। पार्टीको १५ औं महाधिवेशनलाई मर्यादित,व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले केन्द्रीय निर्वाचन समितिले नयाँ निर्देशिका जारी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend