Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • एयर इन्डियाको विमानमा बमको धम्की, दिल्लीमा अवतरण


    सोमबार, असोज २८ २०८१
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । मुम्बईबाट न्यूयोर्कका लागि उडेको एयर इन्डियाको विमानमा बम रहेको चेतावनीपछि नयाँ दिल्लीमा अवतरण गराइएको छ ।

    २३९ यात्रू रहेको विमानमा बम रहेको थ्रेटपछि दिल्लीमा डाइभर्ट गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । दिल्ली एयरपोर्टमा अवतरण गरेर तलासी लिदा विमानमा केहि नभेटिएको बताइएको छ ।

    सबै यात्रु सकुशल रहेको र थप अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

    यस विषयमा दिल्ली पुलिसले एक बयान पनि जारी गर्दै विमान हाल दिल्ली विमानस्थलमा रहेको, यात्रु र चालक दलको सुरक्षा सुनिश्चित गर्न सबै मानक सुरक्षा प्रोटोकलहरू पछ्याइएको जानकारी दिएको छ ।

    यसअघि अगस्टमा मुम्बईबाट आएको एयर इन्डियाको विमानमा बमको धम्की आएको थियो । विमानको शौचालयमा टिस्यु पेपरमा ‘उडानमा बम छ’ लेखिएको सन्देश भेटिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार