काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले दसैं लगायतका चाडपर्वका समयमा खानेपानीका विषयमा अत्यावश्यक काम पर्न सक्ने भएकाले कुनै पनि कर्मचारीले आफुसँग भएको मोवाईल फोन अफ नगर्न निर्देशन दिएका छन् ।
बुधबार मन्त्रालयमा आयोजना गरिएको वडा दसैंको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मन्त्री यादवले काठमाडौँ उपत्यकामा खानेपानीका विषयमा नागरिकहरुका विभिन्न समस्या आउन सक्ने तथा अन्य अत्यावश्यक काम पर्न सक्ने भएकाले आफुसँग भएको मोवाईल अफ नगर्न निर्देशन दिएका हुन् ।
उनले भने, ‘हामी जनताका सेवक हौँ, मानिसलाई पानी नभई नहुँने चिज हो । चाडपर्वका बेला पानीका विषयमा समस्या आउन सक्छन्, मोवाईल अफ नगर्नु होला ।’
मन्त्री यादवले अहिले विपद्को समय भएकाले थप समस्या आउन सक्छने तर्फ ध्यान दिँदै नागरिकका समस्यालाई समाधान गर्न तर्फ लाग्नु पर्ने भएको हुँदा सबै राष्ट्र सेवक कर्मचारीहरु नागरिकका सेवामा अग्रसर रहन समेत आग्रह गरेका थिए ।
मन्त्री यादवले भने, ‘विपद्को समयमा पनि हामीले विभिन्न परिस्थितीको सामना गर्दै काठमाडौँमा पानी ल्याउन सफल भएका छौँ । यो हामी सबैको ठूलो उपलब्धिको विषय हो । जसरी पानी ल्याउन सफल भयौँ, त्यसैगरी नागरिकलाई पानी खुवाउन सफल बनौँ ।’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले हलचोकस्थित सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको भदौ २८ गते विशेष निरीक्षण तथा अवलोकन गरेका छन् । विपद् व्यवस्थापन तथा...
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तिय स्वायत्तता प्रदान गर्न ऐन...
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा ल्याउन तयारी भइरहेको छ । सडकको ग्रेड मिलाउने काम भइरहेकाले केहीबेरमा खाली ग्यास बुलेट...
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकारले पनि जनतामा आशा जगाउने काम गर्न नसकेको बताएका छन्। पार्टीको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन...
काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीबाट विस्थापित भएकाहरूलाई सरकारले सहायता रकम उपलब्ध गराउने भएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend