काठमाडौं । जेनजी आन्दोलनअघिको केपी शर्मा ओली नेतृत्वको सरकारका खानेपानी मन्त्री प्रदीप यादव नेकपा (एमालेमा) प्रवेश गर्ने भएका छन् । यादवलाई एमालेमा प्रवेश गराएर पर्सा क्षेत्र नं. १ मा टिकट दिन लागिएको छ ।
पर्सा १ र २ नं. क्षेत्रमा एमालेले उम्मेदवार टुंगो लगाएको छैन । यादवलाई प्रवेश गराएर पर्सा १ मा उम्मेदवार बनाउन लागिएको छ ।
प्रदीप गएको २०७९ को चुनावमा पर्सा १ बाट जसपाको तर्फबाट जितेका थिए । उपेन्द्र यादव नेतृत्वको जसपा फुटाएर अशोक राईतिर लागेका र त्यसैको बलमा केपी ओली नेतृत्वको सरकारमा खानेपानी मन्त्री भएका उनी एमालेमा जान लागेका हुन् ।
दोस्रो संविधानसभाबाट संविधान जारी गर्ने बेला भएको मधेश आन्दोलन र त्यसपछिको नाकाबन्दीमा पेट्रोलियम पदार्थ भित्र्याउने र कालोबजारीमा महँगोमा बेच्ने गरेको आरोप प्रदीपमाथि लागेको थियोे ।
बिजय सराबगी र उनले राति राति भारतबाट पेट्रोलियम पदार्थसहित खाद्यान्न भित्र्याउने गरेको आरोप लागेको थियो ।
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तिय स्वायत्तता प्रदान गर्न ऐन...
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा ल्याउन तयारी भइरहेको छ । सडकको ग्रेड मिलाउने काम भइरहेकाले केहीबेरमा खाली ग्यास बुलेट...
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकारले पनि जनतामा आशा जगाउने काम गर्न नसकेको बताएका छन्। पार्टीको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन...
काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीबाट विस्थापित भएकाहरूलाई सरकारले सहायता रकम उपलब्ध गराउने भएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढी...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् । आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend