Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • खानेपानी मन्त्रालयमा छायाँमन्त्रीको हालीमुहाली, अवैतनिक सल्लाहकारलाई सरकारी गाडी


    शुक्रबार, असोज ४ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले मुद्रण व्यवसायी अवधेश दासलाई सल्लाहकार राखेका छन् । स्वास्थ्यमन्त्री हुँदा पनि मन्त्री यादवले दासलाई नै सल्लाहकारमा राखेका थिए । सल्लाहकार हुनेबित्तिकै उनी जेनेभा भ्रमणमा जाने टोलीमा समेत परेका थिए ।

    मुद्रण व्यवसायीलाई स्वास्थ्यको सल्लाहकार बनाएकोमा त्यतिबेलै विरोध भएको थियो । उनी आफूलाई अवैतानिक सल्लाहकारमा नियुक्त भएको भन्न रुचाउँथे । अहिले खानेपानीमा पनि उनी अवैतनिक सल्लाहकार हो भन्दै चिनाउने गर्दछन् । कार्यालय खुल्नेबित्तिकै दिनहुँ मन्त्रालय जाने दास साँझसम्म मन्त्रीकै वरिपरि घुमिरहेका हुन्छन् ।

    अवैतनिकको अर्थ कुनै पनि सरकारी सेवा सुविधा नलिने भन्ने हो । तर, मन्त्रालयले उनलाई गाडी, तेलमात्रै उपलब्ध गराएको छैन स्टेशनरीका सामान लगायत छुट्टै सुविधासम्पन्न कार्यकक्षसमेत उपलब्ध गराएको छ । उनले वैतनिक कर्मचारीले जस्तै मातहतका निकाय र कर्मचारीलाई निर्देशन दिने र काम लिने गर्दै आएका छन् । मन्त्रीको सेटिङ मास्टरका रुपमा भूमिका खेलिरहेका अवधेशको मुख्य पेशा मुद्रण व्यवसाय हो । उनी स्वास्थ्यमा पनि योग्य भएरै नियुक्त भएको बताउँथे, खानेपानीमा उनै झा कसरी योग्य भए सो भने मन्त्रीले मात्रै बुझेका होलान् ।

    दिनहुँ टाइ झुण्डाएर रवाफका साथ प्रस्तुत हुने अवधेश आफूलाई मन्त्री पछाडिको मर्यादाक्रममा राख्न रुचाउँछन् । खानेपानी सचिव प्रमिला बज्राचार्यलाई समेत निर्देशनकै शैलीमा काम लगाउँदै आएका अवधेश नियुक्त भएको पद सचिवालयमा छैन । अर्थात् सल्लाहकार नियुक्त गर्न पाउने प्रावधान नै छैन । तर, अवैधानिक रुपमा अवैतनिक सल्लाहकार भएको दाबी गर्ने दासले खानेपानीका सरुवा र ठेक्कापट्टामा सेटिङ मिलाउँदै आएका छन् । यही मेसोमा आफ्नो छापाखानलाई पनि धन्दा मिलाएको बताइन्छ ।

    अवधेशपछि मन्त्रीले स्वकीय सचिवको रुपमा निखिल वरनवाललाई नियुक्त गरेका छन् । उनी स्वास्थ्यमा पनि सोही पदमा थिए । छोटो समयमै बदनामी कमाएका वरनवाल खानेपानीमा गएपछि पनि उही प्रवृत्ति दोहो¥याउँदै आएका छन् । अबधेशले रोजी छाडेका सरुवा र ठेक्का पट्टाका फाइलमा वरनवालले आँखा लगाउने गरेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार