मलंगवा । सर्लाहीमा प्रहरीकै सेटिङमा तस्करी बढेको छ । कपडादेखि मदिरा तस्करी गर्नेहरुको सीमा प्रहरी चौकीदेखि जिल्ला प्रहरी कार्यालयसम्मै सेटिङ रहेको छ ।
जागिरे जीवनमा प्रायः प्रहरी महानिरीक्षकको सचिवालयमै बिताएका रविन्द्र सिंहलाई आईजीपी बसन्तबहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय सर्लाहीको एसपीका रुपमा खटाएका छन् । तस्करको समूहसँग उनको कनेक्सन नभए पनि डीएसपी दीपक श्रेष्ठ र इन्स्पेक्टर ओमप्रकाश यादवले सबै सेटिङ मिलाउने गरेका छन् ।
डीएसपी श्रेष्ठ यसअघि इलाका प्रहरी कार्यालयको इन्चार्ज हुँदा इन्स्पेक्टर यादव त्यही मातहतको प्रसौनी इप्रका बाराको प्रमुख थिए । स्रोतका अनुसार पर्सा बाराबाट हुने तस्करीको मुख्य द्वारमा कार्य गरिसकेका डीएसपी श्रेष्ठ र इन्स्पेक्टर यादवको जोडीले सर्लाहीका नाका नाकामा तस्करीको लाइन चलाएका छन् ।
एसपी सिंह नदेखिने, डीएसपी श्रेष्ठले इन्स्पेक्टर ओमप्रकाशमार्फत् सेटिङ गर्ने गरेका छन् । स्रोतका अनुसार तस्करी गर्नेहरुसँग कलेक्सन गर्नका लागि इन्स्पेक्टर ओमप्रकाशले असई तेजनारायण यादवलाई घुमुवाको रुपमा परिचालन गर्दैआएका छन् । इन्स्पेक्टर ओमप्रकाश यादवको सरुवा तीन महिनाअघि तनहुँको गणमा भएको छ । तर एसपी सिंहले आईजीपीलाई भनेर उनलाई रमाना नदिई राखेका छन् ।
लिखित रुपमा काजसरुवा पनि नगरी मौखिक आदेशमा तनहुँमा दरबन्दी भएका ओमप्रकाशलाई सर्लाहीमा राखिएको छ । र, सर्लाहीको तस्करीको नेटवर्क संचालन गर्ने मुख्य घुमुवा कमाण्डरकै भूमिकामा इन्स्पेक्टर ओमप्रकाश रहेका छन् ।

सर्लाहीको बढी तस्करी हुने नाकामध्ये प्रहरी चौकी पर्सा, सीमा प्रहरी चौकी त्रिभुवननगर, प्रहरी चौकी गोरखकाली, अर्नाहा, बलरा हुन् । यी सबै चौकीका इन्चार्जहरुले जिल्लाका हाकिमदेखि प्रदेशका डीआईजीसम्मको सेटिङमा तस्करीको लाइन दिने गरेका छन् । प्रहरी चौकी पर्साका इन्चार्ज सई अवधेश यादव छन् । उनले उक्त नाकाबाट दिलीप यादव, माष्टर यदव र सरोज ठाकुरलाई लाइन दिएका छन् ।
अर्को सबैभन्दा बढी तस्करी हुने सीमा प्रहरी चौकी हो त्रिभुवननगर । उक्त चौकीका इन्चार्ज बरिष्ठ सई दीपेन्द्रराज गिरी छन् । उनीबाट लाइन पाउने ब्यापारीहरुमा किराना सामानका मुन्ना साह, कपडाका हुसेनी मियाँ र हार्डवेयरका बिजय साह हुन् । प्रहरी चौकी गोरखकालीको प्रमुखमा असई संजय महतो छन् । यो नाकाबाट तस्करीको लाइन पाउने कारोबारहरुमा कपडाका अशोक चौरसिया, काजुका अन्तोष दास, कपडाका सन्तोष दास, राकेश गुप्ता र सराजुल अन्सारी हुन् । सराजुलसँग ब्यापारमा अवकाशप्राप्त प्रहरीका असई श्यामसुन्दर यादव साझेदार छन् ।
प्रहरी चौकी अर्नाहाबाट लाइन पाउनेमा कुखुराको चल्लाका कारोबार राजेश ठाकुर गिटी बालुवादेखि धानसम्मको कारोबार मनोज सिंहले गर्दैआएका छन् । प्रहरी चौकी भारसहका इन्चार्ज परमानन्द पाण्डेय छन् । उक्त नाकाबाट कैलाश यादव र बिजय यादवले धान र गहुँ भारतबाट नेपालतर्फ तस्करी गर्ने गरेका छन् । सीमा प्रहरी चौकी बलराका इन्चार्ज सई दीपेन्द्र मल्ल हुन् । उनी बलराको चौकी इन्चार्ज भएको तेस्रो पटक हो । उनको दरबन्दी पर्सामा छ । कुमोध ढुंगेल पर्साको एसपी भएपछि डीआईजी यज्ञविनोद पोखरेलले उनलाई पुनः बलराको इन्चार्जमा पठाएका हुन् । उनी प्रदेशमा हाजिर नै नभई बलरामा खटाइएका थिए ।
मल्ल प्रहरीमा अवसर पाइरहने जुनियर अधिकृत हुन् । उनी पर्साका राम्रा सई बस्ने चौकीको इन्चार्ज भइसकेका हुन् । तस्करीको सेटिङमा पारगंत भएकाले डीआईजीलाई रिझाएर उनी तेस्रो पटक बलरा पुग्न सफल भएका छन् । बलराबाट माछाको तस्करी अरुण सिंह, गिटीबालुवाका मुन्ना महतो बालुवा, बियर र मदिराको कारोबार श्याम साह र प्रभान्सले गर्दैआएका छन् ।
सराजुल अन्सारीले भारतबाट कपडा ल्याउने र सिन्धुलीबाट साना गाडीमा काठमाडौं पठाउने गर्दछन् । सिन्धुलीमा सेटिङ नमिले रात्रिबसमा फल्स बटम बनाएर तस्करी गराउँदैआएका छन् । रात्रिबसमा तस्करीमा सघाउने कार्यमा मकवानपुरका एसपी सीताराम रिजालका घुमुवा सुरेन्द्र साहले गर्दैआएका छन् ।
इन्स्पेक्टर ओमप्रकाश यादवले नै एसपी कार्यालयमा भएको सामान्य भोजको तस्वीर रास्वपा नेता चन्दन सिंहमार्फत् गृहमन्त्री रवि लामिछने र आइजीपी वसन्तबहादुर कुँवरलाई पठाएर सर्लाहीका तत्कालीन एसपी दयानिधी ज्ञावालीको ५० दिनमै सरुवा गराउने भूमिका खेलेका थिए । रास्वपा नेता चन्दन सिंहमार्फत् ओमप्रकाशले भिडियो खिचेर पठाएका थिए ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend