Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अमेरिका र बेलायती पीआर लिने उपसचिव मैनाली र सचिव शर्माको छानबिन गर्दै सतर्कता केन्द्र


    शुक्रबार, असार २२ २०८१
    2.7K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । रक्षा मन्त्रालयका सचिव किरणराज शर्माले अमेरिकी पीआर लिएकोबारेमा राष्ट्रिय सतर्कता केन्द्रले छानबिन सुरु गरेको छ । सचिव शर्माले अमेरिका र अर्थमन्त्रालयको राजस्व तालिम केन्द्रका उपसचिव रामप्रसाद मैनालीले बेलायतको आवासीय अनुमति (पीआर) लिएको विषयमा राष्ट्रिय सतर्कता केन्द्रले छानबिन सुरु गरेको जनाएको छ ।

    सरकारी कर्मचारीहरूले विभिन्न देशका पीआर लिएको विषयमा छानबिन गर्न मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयले निर्देशन दिएपछि सतर्कताले छानबिन प्रक्रिया अघि बढाएको बताएको छ ।

    राजस्व समूहका उपसचिव रामप्रसाद मैनालीका सपरिवार बर्षौदेखि बेलायतमा बस्दैआएका छन् । उनी पनि बर्षमा २ पटकसम्म बेलायतमा जाने गर्दछन् । उनले बेलायतको पीआर नै लिएको अर्थ मन्त्रालयका कर्मचारीहरु बताउँछन् ।
    अर्थमन्त्रालयमा सधैं आकर्षक कार्यालय बस्दै भ्रष्टाचार गरी अकूत सम्पत्ति कमाई बेलायततिरै लगिसकेका उपसचिव मैनाली यसअघिका अर्थमन्त्री डा. प्रकाशशरण महतको पालामा सुख्खा बन्दरगाह सिर्सिया बीरगंजको प्रमुखमा सरुवा भएका थिए । १ महिना अघिमात्र उनको सरुवा राजस्व तालिम केन्द्रमा भयो । सरुवा हुनासाथ उनी पुनः बेलायतमा पुगिसकेका छन् ।

    मैनाली कांग्रेसको आडमा सधैं तरमारा कर्मचारीका रुपमा चिनिन्छन् । आन्तरिक राजस्व कार्यालय न्यूरोडमा २ बर्ष बसे । त्यसपछि कार्यसम्पादन नम्बर लिन सुर्खेत आन्तरिक राजस्व कार्यालयमा सरुवा भए । १० महिनामात्र सुर्खेतमा बसेर उनी रसुवा भन्सारको प्रमुखमा सरुवा मिलाउन सफल भए । रसुवा भन्सार कार्यालयबाट फर्किएपछि विभागमा केही महिना बसे । महत मन्त्री हुनासाथ उनी पुनः सबैभन्दा आकर्षक मानिने सुख्खा बन्दरगाह बीरगंजको प्रमुखमा सरुवा भएका थिए ।

    लालबाबु पण्डित सामान्य प्रशासन मन्त्री हुँदा विदेशी पीआर लिने ब्यक्ति नेपालमा सरकारी सेवा गर्न अयोग्य हुने ब्यवस्था भइसकेको छ । तर ८ बर्षअघि लागू भएको उक्त ब्यवस्थालाई चुनौती दिंदै मैनाली बेलायतकै पीआर होल्डर भएको स्रोत बताउँछ । बेलायतमै अध्ययन गरेका, बेलायतमै छोरीको विवाह पनि गरेका मैनाली बर्षमा २ देखि ३ पटकसम्म उता जाने गरेका छन् ।

    मैनाली सुख्खा बन्दरगाहको प्रमुख भइसकेपछि सुपारीदेखि पोस्तादाना लगायत तेस्रो मुलुकबाट ल्याएर नेपालकै उत्पादनका रुपमा भारत तस्करी गराउने काम गरी करोडौं घुस लिएको सूचना अख्तियारमा सम्म पुगेको थियो । जसको उदाहरण २०८० मंसिरको सुरुमा सुख्खा बन्दरगाहमा बरामद भएको ३ कन्टेनर सुपारीलाई लिन सकिन्छ । जुन सुपारी तस्करहरुले प्रमुख मैनालीसँग सेटिङ गरी पास गराउनै लागेकोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा सुख्खा बन्दरगाहमा रोकेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार