Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कति पुग्यो सुनचाँदीको मूल्य ?


    आइतबार, असार १७ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । आइतबार सुनको मूल्य तोलामा २ सयले बढेर तोलाको १ लाख ४२ हजारमा कारोबार भएको छ ।

    यसअघि शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ८ सयमा कारोबार भएको थियो ।

    त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ३ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    त्यस्तै आज चाँदीको मूल्य भने आज स्थिर रहेको छ । चाँदी आज प्रतितोला १७९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार