Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रतिनिधिसभाका विषयगत समितिमा हेरफेर


    बिहिबार, असार १४ २०८१
    1.7K
    Shares
    sf7df8f}F !! kmfu'g M ;ª3Lo k|ltlglw;efsf] z'qmaf/ a}7s ;~rfng ub}{ ;efd'v b]j/fh l3ld/] . tl:a/ M k|bLk/fh jGt÷/f;;
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभाका केही सदस्यहरुलाई विषयगत समितिमा हेरफेर गरिएको छ । बिहीबारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा सदस्यहरूलाई विषयगत समितिमा हेरफेर गरिएको जानकारी गराएका हुन् ।

    जसअनुसार कार्य व्यवस्था परामर्श समितिमा अब्दुल खानको स्थानमा अनितादेवीलाई मनोनयन गरिएको छ भने संसदीय सुनुवाई समितिमा डोलप्रसाद अर्यालको स्थानमा डा. स्वर्णिम वाग्लेलाई समावेश गरिएको छ ।

    त्यसैगरी अर्थ समितिमा डा. प्रकाशरण महत, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नारायणप्रकाश साउद, कानुन न्याय तथा मानव अधिकार समितिमा सीता गुरुङ र सुहाङ नेम्बाङलाई समावेश गरिएको सभामुख घिमिरेले जानकारी दिएका छन् ।

    त्यस्तै रमेश रिजाल र सुरेन्द्रराज आचार्यलाई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा राखिएको छ भने टेकबहादुर गुरुङलाई कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा समावेश गरिएको छ ।

    त्यस्तै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा धनराज गुरुङ, डिगबहादुर लिम्बू र मोहनबहादुर बस्नेतलाई राखिएको छ।

    सभामुख घिमिरेका अनुसार अनिता देवीलाई राज्य व्यवस्था तथा सुशासन समितिमा राखिएको छ भने हरि ढकाललाई सार्वजनिक लेखा समितिबाट राज्य व्यवस्था तथा सुशासन समितिमा हेरफेर गरिएको छ । त्यस्तै असिम साहलाई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिबाट सार्वजनिक लेखा समितिमा समावेश गराइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार