काठमाडौं । सशस्त्र प्रहरी बलले आगलागी काण्डको छानबिन समितिको प्रतिवदेनले निलम्बन गर्न सिफारिस गरेका भण्डारका एसपी राजेन्द्र श्रेष्ठलाई जोगाउने प्रपन्च गरिरहेको छ । २६ चैत, २०८० मा सशस्त्र प्रहरी बलको बलम्बुस्थित केन्द्रीय गोदाममा आगलागी भएको थियो । आगलागी भएको २ दिनपछि दुई वटा छानबिन समिति बनाइएको थियो ।
सशस्त्र प्रहरीले एआईजी बंशीराज दाहालको संयोजकत्वमा ९ सदस्यीय छानबिन समिति बनाएको थियो । गृहमन्त्रालयले सहसचिव भरतमणि पाण्डेको अध्यक्षतामा अर्को समिति बनाएको थियो । एआईजी दाहाल नेतृत्वको छानबिन समितिले आगलागी काण्डपछि महाशाखा बनाइएको भण्डारमा लेखा उपसमूहका एसपी श्रेष्ठ प्रमुख थिए । उनी प्रमुख हुँदा भण्डारमा आगलागी भएको थियो । आगलागीमा बन्दोबस्ती तथा सुरक्षाका महत्वपूर्ण सामानहरु जलेर नष्ट भएको सशस्त्र प्रहरीले बताएको थियो ।
सशस्त्र प्रहरीले ३७ हजार बुट, ३७ हजार स्पोर्ट सुज, ट्याक्टीकल भेष्ट, झोला, झुल लगायतका सामान जलेको बताएको थियो । भण्डार शाखाको अभिलेखमा उल्लेखित सामान रहेको देखाइए पनि कतिपय ठेकेदारले नबुझाएका सामान पनि अभिलेखमा जनाएको एआईजी दाहाल नेतृत्वले समितिले प्रतिवेदनमा औंल्याएको छ ।
तत्कालीन भण्डार शाखाका एसपी राजेन्द्र श्रेष्ठले ठेकेदारहरुसँगको सेटिङमा सामान पूरा नबुझाइकन(चुस्ताबाहेक) बुझाएको उल्लेख गरेको छानबिनका क्रममा पत्ता लागेको थियो । ठेकेदारहरुले सम्पूर्ण सामान भण्डारमा नबुुझाए पनि बुझाएको भनी गुणस्तर तथा नापतौल बिभागमामा गुणस्तर परीक्षणका लागि पठाएको छानबिनका क्रममा खुलेको थियो ।
ठेकेदारले पूरा सामान बुझाएको कागजातमा देखिदैन, तर भण्डारका एसपी श्रेष्ठले पूरा सामान नआउँदै गुणस्तर परीक्षणका लागि पठाएको देखिएको थियो । गुणस्तरको रिपोर्ट नआउँदै बलम्बु गोदाममा आगलागी भयो । सम्पूर्ण सामान नबुझाउँदै ठेकेदारसँगको सेटिङमा गुणस्तर परीक्षणका लागि पठाउने एसपी श्रेष्ठलाई प्रतिवेदनमा निलम्बन गर्नुपर्ने उल्लेख छ । तर प्रतिवेदन बुझाएको १ महिना बितिसक्दा पनि उनलाई निलम्बन नगरी जोगाउन खोजिएको छ ।
सशस्त्र प्रहरी बल लगायतका सुरक्षा निकायमा गुणस्तर पास भएर आइसकेपछि मात्र भण्डारमा सम्पूर्ण सामान दाखिला भएको प्रमााणित गरी लेखा शाखामा भुक्तानीका लागि पत्राचार गरिन्छ । तर ठेकेदारसँग मिलेमतो गरी एसपी श्रेष्ठले पूरा सामान नबुझाउँदै सबै बुझाएको उल्लेख गरी गुणस्तर परीक्षणमा पठाएकाले उनलाई निलम्बन गरी कारबाही अगाडि बढाउन सिफारिस गरिएको छ । बुझाउँदै नबुझाएको सामान समेत अभिलेखमा उल्लेख भएपछि ठेकेदारलाई फाइदा हुने भएको छ ।
आगलागी काण्डमा लापरबाही गर्नेहरुको सूची बंशी दाहालको प्रतिवेदनले दिइसकेको भए पनि एसपी राजेन्द्र श्रेष्ठलाई सशस्त्र प्रहरी बलले गृहमन्त्रालयमा निलम्बनका लागि सिफारिस गरेको छैन । सशस्त्रको प्रबन्धका एसएसपी दीपेन्द्र कुँवरको सिफारिसमा राजेन्द्र श्रेष्ठलाई आईजीपी राजु अर्यालले कारबाहीको सिफारिस नगरेको आरोप छ । सशस्त्रमा प्रबन्धपछि भण्डार कमाइ हुने ठाउँका रुपमा चिनिन्छ । त्यसको हिस्सा माथिसम्म पुग्ने भएकाले उनलाई कारबाही सिफारिस नगरिएको चर्चा हुने गरेको छ । तिनै दीपेन्द्र कुँवरको सिफारिसमा डीआईजी पुृरुषोत्तम थापालाईलाई भने निलम्बन नै गर्न गृहमन्त्रालयमा सिफारिस गर्ने सशस्त्र मुख्यालयको तयारी छ ।
आगलागीपश्चात् सशस्त्र प्रहरीका आईजीपी, एआईजीहरु, गृहमन्त्रालयका सचिव र गृहमन्त्री रवि लामिछानेसमेत घटनास्थलमा पुगिसक्दा पनि सशस्त्रको उपत्यकाको कमाण्ड गरेका डीआईजी थापा नपुगेपछि आईजीपी अर्याल पदीय दायित्व पूरा नगरेको भन्दै उनलाई निलम्बन सिफारिस गर्ने निष्कर्षमा पुगेको स्रोत बताउँछ । आगलागी भएको १ घन्टापछि मात्र डीआईजी थापा आगलागी भएको स्थल बलम्बु पुगेका थिए ।
आगलागी प्रकरणपछि सशस्त्रको भण्डार शाखालाई महाशाखा बनाएर त्यहाँ एसएसपी भरत खनियाँलाई प्रमुखका प्रमुखमा पठाइएको छ ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend