काठमाडौं । वैदेशिक रोजगारी तथा भिजिट भिषामा विभिन्न देश पठाइदिन्छु भन्दै एक हजार जना भन्दा बढी व्यक्तिहरूबाट २ करोड ५० लाख भन्दा बढी रकम ठगी गरेको अभियोगमा विभिन्न कन्सलटेन्सीका ६ जना संचालकहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं कोटेश्वर बस्नेहरू सुर्खेत वीरेन्द्रनगर नगरपालिका-९ घर भएका २७ वर्षीय रेशम रावल, २४ वर्षीय प्रेम बहादुर रावल, डडेल्धुरा अमरगढी नगरपालिका-९ का २६ वर्षीय राजेश साउद तथा अछाम रामारोशन गाउँपालिका-१ घर भएका २५ वर्षीय टंकराज खनाल, काठमाडौं धुम्बाराही बस्ने काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका-९ घर भएका ३० वर्षीय सुरेन्द्र तामाङ र काठमाडौं नरेफाँट बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका-१० घर भएका ३५ वर्षीय सन्तविर घिमिरे रहेका छन् ।
रेशम रावलसमेतले काठमाडौं कोटेश्वर र तिनकुनेमा संचालन गरेका युनिक, वर्ल्डवाइड तथा रियान्स कन्सलटेन्सी, ग्लोबल ह्युमन रिसोर्सेस म्यानेजमेन्ट कम्पनी र रावल ट्राभल एण्ड टुर्स समेतबाट पोल्याण्ड, पोर्चुगल, फ्रान्स, माल्टा, रोमानिया, क्रोएसिया लगायतका देशहरूमा वैदेशिक रोजगारी तथा भिजिट भिषामा पठाउने भन्दै गैरकानूनी रूपमा कागजात र रकम संकलन गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले उक्त कन्सलटेन्सीबाट २ सय २० थान राहदानी समेत बरामद गरेको छ ।
उनीहरूले विभिन्न सामाजिक संजालमार्फत विभिन्न देशहरूमा आकर्षक तलब भत्ता सेवा सुविधाहरू पाइन्छ भनी झुट्टा विज्ञापन प्रचार प्रसार गर्ने गरेको, पीडितहरूको सक्कल कागजपत्र लिएको र विदेश पठाउने काम नभएपछि उक्त कागजपत्र माग्न जाँदा पीडितहरूलाई १ लाख ५० हजारदेखि २ लाख रूपैयाँसम्म रकम दिनु अनि मात्र डकुमेन्ट फिर्ता दिने भनी फर्काउने गरेको, विभिन्न होटल, कृषि फर्म, विद्यालय आदिको स्ट्याम्प प्याड प्रयोग गरी झुट्ठा कागजातहरू बनाइदिने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको जनाएको छ ।
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
काठमाडौँ । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मलेसिया जाने कामदारको बायोमेट्रिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend