काठमाडौं । कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्वअध्यक्ष सीबी लामा पक्राउ परेपछि उनीसँग मिलेर जग्गा कारोबारमा धेरै ब्यक्तिलाई ठगी गर्ने सरोज घिमिरेलाई समेत पक्राउ गरी कारबाही हुने अपेक्षा पीडितहरुले गरेका छन् ।
गुण्डानाइके तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामा र सीबी लामाको संरक्षणमा घिमिरेले २५ करोड भन्दा बढी ठगी गरेको जाहेरी प्रहरीमा परे पनि उनले उन्मुक्ति पाउँदैआएका छन् ।
जग्गा प्लटिङ गर्ने भनेर घिमिरेले उक्त पैसा लिएको र जग्गा नदिने, पैसा पनि फिर्ता नदिएपछि पीडितहरु तनावमा परेका छन् । जग्गा प्लटिङ गर्नका लागि मात्र होइन, जग्गा किनेका ब्यक्तिहरुलाई समेत उनले उधारो चेक र फर्जी तमसुक बनाएर दुःख दिएका छन् । घिमिरेबिरुद्ध १० भन्दा बढी चेक बाउन्सका मुद्दा अदालतमा विचाराधीन छन् । आफ्नो पैसा पाउँ भनी अनुरोध वा आग्रह गर्ने पीडितहरुलाई घिमिरेले गणेश लामाको नाम लिएर धम्क्याउने, बेपत्ता पारिदिने भनेर धम्क्याउने गरेका छन् ।
घिमिरेले केही प्रहरीका अधिकृतको समेत नाम लिएर धम्की दिने गरेको जग्गा बिक्री गर्ने एक पीडितले बताए । घिमिरेबाट ठगिनेमा प्रहरीका हाकिमसमेत छन् । तर बलियो प्रमाण नहुँदा उनीहरु लाचार भएर बस्ने गरेका छन् । हाल घिमिरे फरार भए पनि नयाँ नयाँ नम्बरबाट फोन गरी पीडितहरुलाई धम्की दिइरहेको एक पीडितले नेपालफेसलाई बताएका छन् ।
घिमिरेले ठगी गर्दा कानुनी छिद्रमा खेलेर बनाउने गरेको पाइएको छ । उनले जग्गा खरिद गर्दा वा बिक्री गर्दा आफ्नो नाममा कागज नगर्ने र बैंकिङ कारोबार पनि अर्कैको नाममा गर्ने गरेका छन् । बैनाको कागजसमेत झुक्याएर फर्जी बनाएकाले पीडितहरुले तथ्य र आधारसहित प्रहरीमा ठगीको उजुरी लिएर जानसकेका छैनन् । पीडितहरुको प्रमाण कमजोर भएकाले पीडितहरुलाई बारम्बार धम्क्याएर प्रहरीबाट बच्न सफल हुँदैआएका छन् ।
जग्गा खरिद गर्दा वा बिक्री गर्ने घिमिरे नै भए पनि उनको ठगी नियत थाहा नपाएका पीडितले बैना, तमसुकको कागज र बैंकिङ कारोबारको बिषयमा होस नपुर्याउँदा कानुनी रुपमा उनले जालझेल गर्न सफल हुँदैआएका छन् । केही प्रहरीका अधिकृतलाई प्रभावमा पारी उनले बीसांै जनालाई करोडौं ठगी गरेका घिमिरेले सीबी लामा र गणेश लामाकै आडमा पीडितलाई आत्महत्याकै अवस्थामा पुर्याएका छन् ।
सीबी लामाले कान्तिपुर सहकारीको ६ अर्ब र पशुपतिको २ अर्ब गरी ८ अर्ब रकम अपचलन गरेको आरोप लागेको छ ।
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend