Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गणेश र सीबी लामाको आडमा सरोज घिमिरेले करोडौं ठगे, प्रहरीका हाकिम नै पीडित


    शनिबार, जेष्ठ १९ २०८१
    6.4K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्वअध्यक्ष सीबी लामा पक्राउ परेपछि उनीसँग मिलेर जग्गा कारोबारमा धेरै ब्यक्तिलाई ठगी गर्ने सरोज घिमिरेलाई समेत पक्राउ गरी कारबाही हुने अपेक्षा पीडितहरुले गरेका छन् ।

    गुण्डानाइके तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामा र सीबी लामाको संरक्षणमा घिमिरेले २५ करोड भन्दा बढी ठगी गरेको जाहेरी प्रहरीमा परे पनि उनले उन्मुक्ति पाउँदैआएका छन् ।

    जग्गा प्लटिङ गर्ने भनेर घिमिरेले उक्त पैसा लिएको र जग्गा नदिने, पैसा पनि फिर्ता नदिएपछि पीडितहरु तनावमा परेका छन् । जग्गा प्लटिङ गर्नका लागि मात्र होइन, जग्गा किनेका ब्यक्तिहरुलाई समेत उनले उधारो चेक र फर्जी तमसुक बनाएर दुःख दिएका छन् । घिमिरेबिरुद्ध १० भन्दा बढी चेक बाउन्सका मुद्दा अदालतमा विचाराधीन छन् । आफ्नो पैसा पाउँ भनी अनुरोध वा आग्रह गर्ने पीडितहरुलाई घिमिरेले गणेश लामाको नाम लिएर धम्क्याउने, बेपत्ता पारिदिने भनेर धम्क्याउने गरेका छन् ।

    घिमिरेले केही प्रहरीका अधिकृतको समेत नाम लिएर धम्की दिने गरेको जग्गा बिक्री गर्ने एक पीडितले बताए । घिमिरेबाट ठगिनेमा प्रहरीका हाकिमसमेत छन् । तर बलियो प्रमाण नहुँदा उनीहरु लाचार भएर बस्ने गरेका छन् । हाल घिमिरे फरार भए पनि नयाँ नयाँ नम्बरबाट फोन गरी पीडितहरुलाई धम्की दिइरहेको एक पीडितले नेपालफेसलाई बताएका छन् ।

    घिमिरेले ठगी गर्दा कानुनी छिद्रमा खेलेर बनाउने गरेको पाइएको छ । उनले जग्गा खरिद गर्दा वा बिक्री गर्दा आफ्नो नाममा कागज नगर्ने र बैंकिङ कारोबार पनि अर्कैको नाममा गर्ने गरेका छन् । बैनाको कागजसमेत झुक्याएर फर्जी बनाएकाले पीडितहरुले तथ्य र आधारसहित प्रहरीमा ठगीको उजुरी लिएर जानसकेका छैनन् । पीडितहरुको प्रमाण कमजोर भएकाले पीडितहरुलाई बारम्बार धम्क्याएर प्रहरीबाट बच्न सफल हुँदैआएका छन् ।

    जग्गा खरिद गर्दा वा बिक्री गर्ने घिमिरे नै भए पनि उनको ठगी नियत थाहा नपाएका पीडितले बैना, तमसुकको कागज र बैंकिङ कारोबारको बिषयमा होस नपुर्याउँदा कानुनी रुपमा उनले जालझेल गर्न सफल हुँदैआएका छन् । केही प्रहरीका अधिकृतलाई प्रभावमा पारी उनले बीसांै जनालाई करोडौं ठगी गरेका घिमिरेले सीबी लामा र गणेश लामाकै आडमा पीडितलाई आत्महत्याकै अवस्थामा पुर्याएका छन् ।

    सीबी लामाले कान्तिपुर सहकारीको ६ अर्ब र पशुपतिको २ अर्ब गरी ८ अर्ब रकम अपचलन गरेको आरोप लागेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार