Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कान्तिपुर सहकारीका पूर्वअध्यक्ष सीबी लामा पक्राउ


    शुक्रबार, जेष्ठ १८ २०८१
    2.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बचतकर्ताको निक्षेप हिनामिनामा संलग्न कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्वअध्यक्ष सीबी लामा पक्राउ परेका छन् ।

    लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

    लामा पशुपति सेभिङ एण्ड क्रेडिटको पनि सञ्चालक हुन् । लामासहितको समूहले कान्तिपुर पशुपति सेभिङको ८ अर्ब ५९ करोड निक्षेप अपचलन गरेको आरोप छ ।

    कान्तिपुरका वर्तमान अध्यक्ष हिमाल विक्रम मल्ल यसअघि नै पक्राउ गरेका थिए ।

    कान्तिपुर सेभिङ एण्ड क्रेडिटको सञ्चालक समितिका सञ्चालकहरु विरुद्ध अहिलेसम्म ३ सय ५० भन्दा धेरै बचतकर्ताले जाहेरी दिएका छन् ।

    कान्तिपुर सहकारीले डेढ अर्ब रुपैयाँ बचत हिनामिना गरेको आरोप छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार