बिशाल बस्नेत
महोत्तरी । गर्मी छल्ने लेकाली चिसो मधेशमा नै पाइन्छ भन्दा धेरैलाई अप्रत्यारिलो लाग्न सक्छ । तर महोत्तरीको उत्तरी क्षेत्र चनौटेडाँडामा पुगेपछि पाइने बिशिष्ट चिसो मौसमले यसलाई पुष्टि गर्दछ ।
यो खवर थाहा पाएपछि मधेश र नजिकै सिमाना जोडिएका भारतको बिहार प्रदेशका मानिसहरुको गर्मी छल्ने सवैभन्दा उत्कृष्ट गन्तव्य पहाड र हिमालका जिल्ला भन्दा यही ठाउँ सर्वाधिक रोजाई समेत बन्न सक्छ ।
किनभने बिहारका जिल्लाहरुबाट यहाँ ३५ किलोमिीटर मात्र दूरीमा छ भने मधेश प्रदेशको मध्यविन्दुमा पर्दछ । छोटो दूरीमा उच्च पहाडी जिल्लाको जस्तो हावापानी र मनोरम दृश्य अवलोकन गर्न पाइने यो ठाउँ मधेश र बिहारका मानिसहरुका लागि कम खर्चिलो समेत बन्ने देखिन्छ ।
बर्दिवास नगरपालिकाको खयरमाराबाट ४ किलोमिटर मात्र माथि उक्लेपछि पाइने हावापानी बाह्य र आन्तरिक पर्यटक भित्र्याउन सकिने महत्वपूर्ण आधार बनेको छ ।
‘जुनार र सुन्तला पनि यहाँ पाइन्छ । त्यसो हुँदा कति चिसो हावापानी पाइन्छ भन्ने भनिरहनु नै परेन ।’ उद्योग, बाणिज्य संघ बर्दिवासका चौधरी महतोले भने । ‘यो मधेशको दोश्रो भेडेटार जस्तै बन्न सक्छ ।’
प्रचण्ड गर्मी छल्ने उपयुक्त पर्यटकीय गन्तव्य वनाउन सकिने गतिलो आधार भएतापनि प्रचारप्रसारको अभावमा गुमनाम देखिएको चनौटे डाँडो अथाह पर्यटकीय सम्भावना बोकेर बसेको विविधतायुक्त विशेषताहरुले नै प्रमाणित गर्दछ ।
‘प्रचुर सम्भावनाहरु बोकेर पनि ओझेलमा परिरहेको छ । सोही वडाका वडाअध्यक्ष गोपाल बलले भने । ‘गर्मी छल्न उच्च पहाडी जिल्लामा जाने तराईवासी र नजिकै सिमाना जोडिएको बिहारका मानिसहरुलाई यतै रोक्न सकिन्छ ।’
यतिबेला मधेशमा अत्यधिक गर्मी छ । यहाँका मानिस चिसो हावापानीको खोजीमा पहाडी र हिमाली जिल्लामा जाने क्रम बढेको छ भने नजिकै सिमाना जोडिएको भारतको बिहार प्रदेशका मानिसहरु गर्मी छल्न केही दिनका लागि भएतापनि सिन्धुली, रामेछाप, दोलाखा जस्ता जिल्लाहरुमा बाक्लै जाने गरेको तथ्यांकले देखाउँछ ।
औपचारिक मापन हुन नसकेतापनि स्थानीयहरु यो ठाउँ मधेशको नै सर्वोच्च चुरे पहाड भएको दावी गर्छन् । १० बर्षे जनयुद्ध हुर्काउन उर्वर भुमिको रुपमा प्रयोग भएको यो ठाउँलाई माओवादीका पूर्व लडाकुहरुले अहिले पनि निक्कै श्रद्धाका साथ लिने गर्दछन् । यसैकारणले यो ठाउँमा शहीदपार्कको प्रारम्भिक शिलान्यास गरिएको थियो । जसलाई प्रधानमन्त्री प्रचण्ड स्वयम् पुगेर शिलान्यास गरेका थिए ।
स्थानीयका अनुसार विकटताका कारण निर्माण सामग्री पुर्याउन नसक्दा केही योजनाहरु अपूरा नै वने ।
‘नेपालको रुकुम, रोल्पा भनेर चिनिने यो ठाउँ जति मनोरम छ त्यति नै ऐतिहासिक बिरासत समेत बकेको छ ।’ स्थानीय बिष्णु भण्डारीले भने– ‘मधेशको छोटो दुरीमा पाईने यो हावापानी वास्तवमा प्राकृतिक बरदान हो ।’
भौगोलिक भूधरातल र फुसका घरहरुले निक्कै विकट लाग्ने यो ठाउँबाट पूरै तराई नियाल्न सकिन्छ । समुन्द्री सतहबाट झण्डै ७ सय मिटर उचाईमा रहेको यो ठाउँलाई कतिपयले प्राकृतिक भ्यूटावर पनि भन्ने गर्दछन् स्थानीयका भनाइ अनुसार दुई दशकअघिसम्म यहाँ घनाबस्ती थियो । विकटताकै कारण मानिसहरु बसाई सरेर कतिपय बर्दिवास पुगे भने कतिपय खयरमारा बजारतिर आएर बसे ।
औलो रोगबाट बच्न खयरमाराका मानिससमेत यही डाँडामा आएर बस्ने गरेको स्थानीय काजीबहादुर कार्की बताउँछन् ।
यहाँबाट गौरीशंकर हिमालदेखि प्रदेशको राजधानी जनकपुरधामसम्म देख्न सकिन्छ भने मधेशका चुरे शृङ्खलाहरुलाई स्पष्ट दृश्यावलोकन गर्न सकिन्छ । सिन्धुलीको गढीसमेत देख्न सकिने यो ठाउँलाई कतिपयले दोश्रो गढीको रुपमा समेत व्याख्या गर्ने गरेका छन् ।
अचम्मलाग्दो त कहाँनिर छ भने यो ठाउँमा जुनार र सुन्तलाका बोटहरु देखिनु मधेशका लागि सवैभन्दा अनौठो बिषय हो । उच्च पहाडी भेगमा पाइने सुन्तला, जुनार पाइनुले पनि यहाँको हावापानीलाई आफैं प्रमाणित गरेको छ ।
पर्यटकीय गन्तव्यको खोजी अभियान अन्तर्गत बर्दिवास उद्योग बाणिज्य संघको नेतृत्वमा शनिवार याँहा पुग्दा धेरै मानिसहरुले चनौटे डाँडालाई मधेशको हिमालको रुपमा चित्रण गरे ।
उद्याग बाणिज्य संघ बर्दिवासका अध्यक्ष बिष्णु खड्काले चनौटेडाँडा मधेशको महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्न सक्ने र यसमा सरोकारवालाहरुको ध्यानाकर्षण हुनुपर्ने बताए ।
उनल यो उचाईबाट दृश्यावोलकन गर्न सकिने मधेशका फाँटहरु र चुरे शृङ्खला थप आकर्षण रहेको बताउँदै बर्दिवास नगरपालिकाले प्रचारप्रसार र प्रर्वद्वनमा कार्ययोजना बनाएर अगाडि बढ्नुपर्ने सुझाव दिए ।
बर्दिवास नगर सांस्कृतिक तथा पर्यटन प्रर्वद्वन समितिले पनि चनौटेडाँडाको विषयमा थप खोज र अनुसन्धान गर्ने प्रतिबद्वता जनाएको छ ।
समितिका अध्यक्ष हिरा गौतमले मधेश र बिहारमा प्रचण्ड गर्मी कारण चिसोको खोजीमा रहेका आन्तरिक र बाहय पर्यटकका लागि चनौटेडाँडा महत्वपूर्ण रहेको बताउँदै यस्लाई थप प्रचारप्रसार गर्ने बताए ।न्युज कारखाना
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend