काठमाडौं । सिफारिस भएको २२ दिनसम्म पनि मन्त्रिपरिषदबाट निर्णय नहुँदा नेपाल प्रहरीका दुई एआईजी बढुवा अलपत्र परेको छ ।
गृहमन्त्रालयका सचिवको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले बैशाख ३ गते २ डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गरेको थियो । तर सिफारिस भएका डीआईजीद्वय उमेशराज जोशी र भीमप्रसाद ढकाललाई २२ दिनसम्म पनि मन्त्रिपरिषदले बढुवा गरेको छैन ।
सामान्यतया बढुवा सिफारिस भएको ७ दिनसम्म उजुरीका लागि म्याद दिएपछि आठौं दिनमा मन्त्रिपरिषदले निर्णय गरी दज्र्यानी चिह्न लगाउने प्रचलन छ । तर उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पद रिक्त हुनुअघि नै डीआईजीद्वय जोशी र ढकाललाई एआईजी बढुवा सिफारिस गरेका थिए ।
सन्दीप भण्डारी बैशाख ५ र मिरा चौधरी बैशाख ७ मा अवकाश भएपछि एआईजीका पद खाली हुँदैथिए । तर गृहमन्त्री लामिछानेले बैशाख ३ गते नै जोशी र ढकाललाई बढुवा सिफारिस गरेका थिए । पदरिक्त नहुँदै बढुवा सिफारिस गरेका गृहमन्त्री लामिछानेले २२ दिनसम्म पनि मन्त्रिपरिषदबाट निर्णय गराउन सकेका छैनन् । मन्त्रिपरिषदले बढुवाको निर्णय गरेपछि मात्र आईजीपीले दज्र्यानी चिह््न लगाउने प्रचलन रहेको छ ।
एआईजी बढुवा सिफारिस भएका डीआईजी उमेशराज जोशीको त जागिर अवधि २ महिना पनि छैन । उनी आगामी असारमै अवकाश हुँदैछन् । सिफारिसमा परेका डीआईजी भीमप्रसाद ढकाल पनि आगामी ०८१ मंसिरमा अवकाश हुँदैछन् ।
हतार हतार सिफारिस गरिए पनि बढुवामा बिलम्ब हुँदा डीआईजीका लागि जम्प हान्न खोजिरहेका एसएसपीद्वय दानबहादुर कार्की र डा. मनोज केसीहरु समेत अप्ठेरोमा परेका छन् । सहकारीपीडितका उजुरी दबाउनेदेखि अरु धेरै कुरामा गृहमन्त्री लामिछानेलाई गुन लगाएका कनिष्ट एसएसपी कार्की डीआईजी बढुवामा पहिलो नम्बरमा पर्ने दाउमा छन् ।
नेपाली कांग्रेसले गृहमन्त्री लामिछानेको राजीनामा नआए संसदको बजेट अधिवेशन चल्न नदिने अडान लिएपछि एसएसपी कार्कीलाई कतै आफ्नो बढुवा हुने योजना पूरा नहुने चिन्ताले सताएको छ ।
काठमाडौं । बिचौलिया ब्यापारीको सेटिङमा आकर्षक भन्सार कार्यालयका प्रमुखको सरुवा हुने विगतको परम्परा वालेन्द्र शाह नेतृत्वको सरकारमा पनि कायमै रहेको खुलासा भएको छ ।...
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend