Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • दीर्घ सोडारी सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त


    बिहिबार, बैशाख ६ २०८१
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमान नियुक्त भएका छन् ।

    प्रदेश प्रमुख नजिर मियाँले सोडारीलाई विहिबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

    सोडारीले आजै माओवादी केन्द्र, एमाले, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादीको समर्थनसहित प्रदेश प्रमुख मियाँ समक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए । प्रदेशमा बहुमतका लागि २७ सांसद आवश्यक पर्दछ ।

    सुदूरपश्चिममा काँग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका एक र एक जना स्वतन्त्र प्रदेशसभा सदस्य छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार