Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जसपाद्वारा समानुपातिक सांसदमा बाँकेकी हसिना खान सिफारिस


    बिहिबार, चैत्र २२ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले समानुपातिकतर्फ बाँकेकी हसिना खान प्रतिनिधिसभा सदस्य बनाउने भएको छ ।

    जसपाले केन्द्रीय कार्यकारिणी समिति बैठकले खानलाई समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यमा निर्वाचन आयोगमा सिफारिस गरेको हो ।

    जसपाबाट निर्वाचित समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त स्थानमा जसपाले खानलाई पठाएको हो ।

    ०७९ को निर्वाचनबाट मुस्लिम महिलातर्फ शहनाज रहमान निर्वाचित भएकी थिइन् । उनको ०७९ फागुन १३ गते निधन भएपछि जसपाले बन्द सूचीका आधारमा मञ्जु लाई पठाएको थियो । तर मञ्जुको पनि गत चैत ४ गते निधन भएपछि एक स्थान खाली रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार