Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भूमि अध्यादेशमा जसपाले समर्थन नगरेपछि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा


    मंगलबार, माघ २९ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौैं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले भूमि अध्यादेश अनुमोदन नगर्ने निर्णयपछि सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी रहेको छ । मंगलबार साँझ ६ बजेपछि सुरु भएको बैठकमा अध्यादेश पारित गर्नेबारेमा छलफल हुने बताइएको छ ।

    जनता समाजवार्दी पार्टी, नेपालले मंगलबार संघीय संसद्मा पेस गरेको अध्यादेश ६ वटामध्ये भूमिसम्बन्धी अध्यादेश स्वीकार नगर्ने निर्णय गरेलगत्तै संयन्त्रको बैठक बसेको हो ।

    सरकारले ल्याएका ६ वटा अध्यादेश संसदमा प्रस्तुत भएका छैनन् । राष्ट्रियसभामा निर्णायक मानिएको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी नेपालले निर्णय नलिएपछि अध्यादेश प्रस्तुत नभएका हुन् ।

    फाष्टट्रयाकमा अध्यादेश पारित गर्ने भने पनि राष्ट्रियसभामा बहुमत नभएकाले सरकार अप्ठेरोमा परेको छ । उपेन्द्र यादवले मधेशको मुख्यमन्त्री र संघीय सरकारमा स्वास्थ्य मन्त्री मागेपछि कांग्रेस–एमालेलाई अध्यादेश पास गर्न सकस परेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार