Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • १५ हजार घुस लिने वडाध्यक्ष पक्राउ


    आइतबार, चैत्र १८ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कपिलवस्तु, महाराजगञ्ज नगरपालिका वडा नं २ का वडाध्यक्ष उजेर अलि घुसलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १५ हजार रुपैयाँ घुससहित आइतबार नियन्त्रणमा लिएको छ ।

    अलीले घरबाटो सिफारिस दिनका लागि सेवाग्राहीसँग १५ हजार घुस लिइसकेपछि अख्तियारको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले नियन्त्रणमा लिएको आयोगले जनाएको छ ।

    कार्यकक्षबाटै वडाध्यक्ष अलीलाई घुससहित नियन्त्रणमा लिएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार