काठमाडौं । सत्ता समीकरण परिवर्तनसँगै सशस्त्र प्रहरी बलको डीआईजी बढुवा अलपत्र परेको छ । बढुवाको प्रक्रिया अन्तिम चरणमा पुगेकै समयमा फागुन २१ मा सत्ता समीकरण फेरिएसँगै गृहमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने नियुक्त भएका छन् । गृहमन्त्रीमात्र होइन, सचिव पनि दिनेश भट्टराईलाई सरुवा गरी एकनारायण अर्याललाई ल्याइएको छ । गृहमन्त्री र सचिव फेरिएपछि डीआईजी बढुवा अवरुद्ध भएको हो ।
सशस्त्र प्रहरी बलमा ७ महिनादेखि एक डीआईजी पदरिक्त छ । बिदुर खड्का अवकाश भएपछि डीआईजी पद रिक्त भएको हो । रिक्त पदमा बढुवाका लागि एआईजी चन्द्रप्रकाश गौतम सदस्य सचिव रहेको बढुवा समितिले गएको फागुन ३ गते आवेदन माग गरेको थियो । समितिले आवेदन माग गरेको १ महिना बितिसक्दा पनि सशस्त्रमा डीआईजी बढुवा हुन सकेको छैन ।
अघिल्लो सत्ता गठबन्धन कायम भएको अवस्थामा आर्थिक प्रशासनका एसएसपी दीपेन्द्र कुँवर डीआईजी हुने खेलमा थिए । कांग्रेस सभापति शेरबहादुर देउवाका निजी सचिव भानु देउवाका ज्वाइँ भएकाले अघिल्लो सत्ता गठबन्धनमा कुँवरको पल्ला भारी थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने एसएसपी दीपक अधिकारीलाई बढुवा गर्ने पक्षमा थिए । तत्६कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठ कृष्ण पाठकलाई बनाउने पक्षमा थिए ।
डीआईजी बढुवाका लागि एसएसपीहरु कृष्ण पाठक, दीपक अधिकारी, कृष्ण ढकाल, मनिष थापा र दीपेन्द्र कुँवरले आवेदन दिएका छन् । आवेदन दिएकामध्ये पाठक नेपाल प्रहरीको टाइपिष्ट(सई) बाट सशस्त्रमा प्रवेश गरेका हुन् । उनी कार्यदक्षता मूल्यांकनमा कमजोर भएर यसअघि एसएसपी बढुवामा परेका थिएनन् ।
दीपक अधिकारी, दीपक अधिकारी, कृष्ण ढकाल, मनिष थापा र दीपेन्द्र कुँवरले बढुवाका लागि आवश्यक पर्ने स्टाफ कलेज पास गरेकाले उनीहरुको स्वतः नम्बर बढी छ । कृष्ण ढकाल छैटौं पटकमा स्टाफ कलेज पास गरेका एसएसपी हुन् ।
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend