काठमाडौं । सुन तस्करीमा संलग्न भएको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएका जीवन चलाउनेलाई राजनीतिक दबाबमा छाडिएको बिषय सार्वजनिक भइसकेको छ । चलाउनेलाई मात्र होइनम, सुन तस्करीमा मुछिएकी रोल्पाकी अमला रोका मगरलाई प्रधानमन्त्रीको दबाबमा छाडिएको खुलेको छ ।
राजस्व अनुसन्धान विभागले गएको साउनमा सिनामंगल क्षेत्रबाट बरामद गरेको तस्करीको करिब ६० किलो सुनका विषयमा अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई जिम्मा दिनुअघि रोका मगरलाई सोधपुछका लागि पक्राउ गरेको थियो । पक्राउ गरिएको केही घण्टामै उनलाई प्रधानमन्त्रीको दबाबमा छाडिएको उच्च स्रोतले जनाएको छ । अमलालाई पक्राउ परेको केही घन्टामै छाड्न प्रधानमन्त्री नै दबाब दिएको बिषयमा आजको नागरिक दैनिकले समाचार प्रकाशित गरेको छ ।
प्रधानमन्त्री कार्यालयमातहतको राजस्व अनुसन्धान विभागले गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब ६० किलो सुन सिनामंगल क्षेत्रबाट बरामद गरेको थियो । हङकङबाट ब्रेक सुमा लुकाएर उक्त सुन ल्याइएको थियो ।
‘राजस्व अनुसन्धान विभागले उक्त सुन तस्करीमा जोडिएका केही व्यक्तिलाई सोधपुछका लागि नियन्त्रणमा लिएको थियो। त्यसमा अमला रोका मगर पनि थिइन्। उनलाई नियन्त्रणमा लिएको केही घण्टामै माथिको आदेश भन्दै छाड्न निर्देशन आयो’, सरकारी उच्च स्रोतले भन्यो । स्रोतका अनुसार प्रधानमन्त्री निवास बालुवाटारबाट रोका मगरलाई छाड्न दबाब दिइएको थियो । ‘प्रधानमन्त्री वा प्रधानमन्त्रीको सचिवालय एकीन भएन,’ त्यहींबाट दबाब आएपछि रोका मगरलाई छाडिएको स्रोतले भन्यो ।
– नारायणप्रसाद शर्मा काठमाडौँ । नेपालको राजनीतिमा परम्परागत दलहरूले भ्रष्टाचार गरे, हामी सुशासन ल्याउँछौँ भन्दै नेपाली जनताको सेन्टिमेन्ट (भावना) जितेर संसदमा प्रमुख शक्तिका रूपमा उदाएको...
काठमाडौँ । राजधानी काठमाडौँको प्रदर्शनीमार्गमा रहेको नेपालकै पहिलो व्यवसायिक संस्था नेपाल चिकित्सक संघ (नेपाल मेडिकल एशोसिएसन) को केन्द्रीय कार्यालय भवनले निर्माण सम्पन्न भएको १२...
२०१३ साल जेठ २९ गते गजुरी गाउँपालिका–८ धादिङमा जन्मनुभएका राजेन्द्रप्रसाद पाण्डे नेपाली कम्युनिस्ट पार्टीका नेता हुनुहुन्छ । बुवा नेत्रराज पाण्डे र आमा मनमाया पाण्डेका...
शिवकुमार थापा काठमाडौं । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको महाबिनासकारी बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर लगायतका सडकमार्ग अवरुद्ध भएपछि ग्यास उद्योगीहरूले मौका छोपेर प्रतिसिलिन्डर...
काठमाडौं । सुन्दा कथा जस्तो लाग्ने तर, सत्य घट्ना अहिले सतहमा आएको छ । संघीय सरकारको स्वामित्वमा रहेको ६ सय शैयाको भरतपुर अस्पतालको नाममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend