Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • गृहमन्त्री लामिछानेले प्रधानमन्त्रीलाई बुझाए सुन प्रतिवेदन, दोषीमाथि कारबाही होला ?


    शुक्रबार, चैत्र २ २०८०
    2.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएका छन् ।

    शुक्रबार बिहान वालुवाटारस्थित निवासमा पुगेर गृहमन्त्री लामिछानेले प्रधानमन्त्री दाहाललाई आयोगले तयार पारेको छानविन प्रतिवेदन बुझाएका हुन् ।

    आयोगले हिजो गृहमन्त्री समक्ष सो प्रतिवेदन बुझाएको थियो ।

    सुन तस्कर दावा छिरिङसँगै पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका दुबै छोरा जितेन्द्र पुन र दिपेश पुनका अलावा उनको सचिवालयमा काम गर्ने जीवन गुरुङ समेत संलग्न भएका तथ्यहरु सार्वजनिक भएका छन् ।

    चिनियाँ मूलका बेल्जियन नागरिक दावाका सुन तस्करीका मुख्य सहयोगी जीवन चलाउने, अध्यागमन बिभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहितलाई सीआईबीले कारबााहीको दायरामा नल्याएकोमा जाँचबुझ आयोगले एआईजी किरण बज्र्राचार्यलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार