काठमाडौं । सुनतस्करहरुले चीन हुँदै नेपालबाट भारततर्फ सुन तस्करी गर्ने क्रम रोकिन नसकेको पछिल्लो समयमा मीन घले पक्राउले पुष्टि गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट पास भइसकेको ६० किलो सुन बरामद भएको एक सातापछि नेपाली नागरिकता समेत लिएका बेल्जियम नागरिक दावाछिरिङ पक्राउ परेका थिए ।
ब्रेक सू मा लेपन गरेर ल्याएको उक्त सुन बरामद भएपछि एक दैनिक पत्रिकाका संचालक सुशील थापामार्फत् दावाछिरिङको समूहका सेटिङकर्ता जीवन चलाउनेले दीपक मल्होत्राको सुन भएको समाचार लेखाएका थिए ।
यसबीचमा चलाउने र दावाछिरिङले पहिला ल्याएको सुन लुकाउन सफल भएका थिए । राजस्व अनुसन्धान विभागले चलाउने र दावाले नयाँबजारमा लुकाएको सयौं किलो सुन बरामद नगरी लुकाउने मौका दियो । र, आधा घन्टामा पुगिने नयाँबजारमा एक हप्तापछि मात्र छापा हान्यो । विभागले छापा हान्दा त्यहाँ सुन निकालेका ब्रेक सू मात्र भेटिए । चलाउने र दावा छिरिङको समूहले विमानस्थलबाट ब्रेकसुमा एक क्वीन्टल सुन भदौअघि नै ल्याइसकेको थियो ।
ब्रेक सूबाट आएको १ सय किलो सुन बरामद भएको र क्वीन्क्टल नै नेपालमा भित्र्याएको आशंका गरिए पनि पक्राउ परेका मुख्य सेटिङकर्ता जीवन चलाउनेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले गएको २०८० भदौमा पक्राउ गरी विना हल्लाखल्ला सुटुक्क छाडेको थियो ।
दावाछिरिङलाई पक्राउ गरेको हल्लाखल्ला गरेको सीआईबीले चलाउनेको पक्राउ भने गोप्य राखेको थियो । सीआईबीले छाडेपछि चलाउने दुबईमा पुगेर क्रिप्टो करेन्सीको कारोबारमा सक्रिय रुपमा लागेका छन् ।
हङङकङबाट सुन तस्करीको संगठित गिरोह चलाउनेले सुरुमा मल्होत्रा र त्यसपछि राकेश अडुकियाको नाम संचारमाध्यममा लेखाई ध्यान त्यतातर्फ मोडेका थिए । आप्mना ब्यापारीक साझेदार सुशील थापामार्फत् मल्होत्रा र अडुकियातिर चलाएका उनले त्यसबीचमा हङकङबाट ल्याएको सुन लुकाए । ब्रेक सू मा लुकाएर ल्याएको सुन ब्यवस्थापन गरिसकेपछि मात्र दावा छिरिङ पक्राउ परेका थिए । ब्रेक सूमा ल्याएको १ सय किलो सुन विमानस्थल भन्सारबाट पास भइसकेपछि बरामद गरेको राजस्व अनुसन्धान विभागले समेत चलाउने र दावाको गिरोहको जानकारी पाएर पनि १ हप्तापछि मात्र नयाँबजारमा छापा हानेको थियो । यसले पनि राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढु्ंगानालाई समेत चलाउने गिरोहले सेटिङ गरेको अनुमान गरिएको छ ।
हङकङबाट विमानस्थल हुँदै सुन तस्करी गर्नेमध्येका मुख्य ब्यक्ति चलाउने रहेको र उसलाई गृहमन्त्री नारायणकाजी श्रेष्ठले जोगाएको आरोप रास्वपा सभापति लामिछानेले लगाएका छन् । सोमबार पत्रकार सम्मेलनमा लामिछानेले गृहमन्त्रीमाथि गम्भीर आरोप लगाएका हुन् । क्वीन्टल सुन तस्करीमा मुछिएका चलाउनेको सम्बन्ध नेपाल प्रहरीका बहालवाला र पूर्व उच्च अधिकारीहरुसँग बाक्लो रहँदैआएको थियो । उनी प्रायः सधैं प्रहरी अधिकृतहरुसँग नै हुन्थे । पूर्वआईजीपी सर्वेन्द्र खनालदेखि हालका धेरै प्रहरी अधिकृतसँग उनको कनेक्सन थियो ।
उनलाई गृहमन्त्री श्रेष्ठनिकट शक्तिकेन्द्रमा पुर्याउने काम भने एक एसपीले गरेका थिए । ती एसपीको पनि चलाउनेसँग बाक्लो उठबस रहेको छ । पर्सा वा रुपन्देहीमा सरुवा हुने दाउमा रहेका ती एसपीले गृहमन्त्री श्रेष्ठनिकट शक्तिकेन्द्रमा प्रभाव पारी चलाउनेलाई सीआईबीबाट सुटुक्क छुटाएका थिए ।
सुन तस्करीको मुख्य गिरोहका नाइके चलाउने त्यसपछि दुबईमा छन् । ब्रेक सूमा क्वीन्टल सुन तस्करीका मुख्य पात्र दावाछिरिङसँग माओवादी नेता बर्षमान पुन, पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनको परिवार जोडिएका तस्वीर नै छताछुल्ल छन् । माओवादी नेताहरुको सुनतस्कर दावा र जीवन चलाउनेसँगको कनेक्सनकै कारण पनि उनलाई भगाइएको आशंका ब्याप्त रहेकै समयमा पूर्वगृहमन्त्री तथा रास्वपा सभापति लामिछानेले यो बिषय उजागर गरेका छन् ।
सुन तस्करीमा संलग्न गिरोहका विषयमा भेटेरै प्रमाणहरू उपलब्ध गराउँदा पनि गृहमन्त्री श्रेष्ठले उनीहरुलाई जोगाएको लामिछानेको आरोप छ । अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारी तथा जीवन चलाउनेको मन्त्री र उनको टिमसँग निकटस्थ सम्बन्ध भएको र उनीहरुलाई जोगाइएको संगीन आरोप लामिछानेले लगाएका छन् ।
गिरोहका नाइके दावा छिरिङ र चलाउनेले सुन तस्करी र हुन्डीको कारोबार गरेको विवरणसहितको मेसेज नै प्रहरीले भेटटएको थियोे । तर यस्तो अकाट्य प्रमाण भए पनि चलाउनेलाई भने सीआईबीले पक्राउ गरेर छोडेको थियो । चलाउनेसँग कनेक्सन नभएको भए उनी किन पक्राउ परिसकेपछि रातारात छुटे ? गृहमन्त्री श्रेष्ठले चलाउने पक्राउ परेपछि किन सुटुक्क छुटे भन्नेबारेमा प्रष्ट पार्लान् ?
सीआईबीले गरेको अनुसन्धानका क्रममा जीवन चलाउने र दावाबीचको क्यासेजमा अमेरिकामा रहेको सुबुप्रताप केसीको नाममा रहेको वेल्स फार्गो बैंकको खातामा ३० हजार अमेरिकी डलर पठाएको उल्लेख छ । यस अतिरिक्त क्रिप्टो करेन्सीको काममा समेत दावाले चलाउनेलाई प्रयोग गरेको खुले पनि उनलाई पक्राउ गरिसकेपछि किन छाडियो ? यो प्रश्न गम्भीर छ । दावाले सुबप्रताप केसीको नाममा रकम पठाएको म्यासेज चलाउनेले आफूलाई पठाएको सीआईबीसँगको बयानमा बताएको कुरा सार्वजनिक भइसकेको छ ।
विमानस्थलबाट क्वीन्टलका क्वीन्टल सुन तस्करी भएपछि सरकारले पूर्व न्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा जाँचबुझ आयोग गठन गरी छानबिन गरिरहेको छ । सो आयोगले सिआइबीले भन्दा विस्तृत छानबिन गर्न सकेमा धेरै व्यक्तिहरु कानुनी दायरामा तानिने निश्चित छ । तर छानबिन समिति पनि कर्मकाण्ड पूरा गर्नेमा सीमित हुने आशंका गरिएको छ । समितिको नेतृत्वमा रहेकाहरु नै अमेरिकामा बसोबास गर्ने ब्यक्ति भएकाले पनि यस्तो आशंका बढेको हो ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend