काठमाडौं । सुनतस्करहरुले चीन हुँदै नेपालबाट भारततर्फ सुन तस्करी गर्ने क्रम रोकिन नसकेको पछिल्लो समयमा मीन घले पक्राउले पुष्टि गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट पास भइसकेको ६० किलो सुन बरामद भएको एक सातापछि नेपाली नागरिकता समेत लिएका बेल्जियम नागरिक दावाछिरिङ पक्राउ परेका थिए ।
ब्रेक सू मा लेपन गरेर ल्याएको उक्त सुन बरामद भएपछि एक दैनिक पत्रिकाका संचालक सुशील थापामार्फत् दावाछिरिङको समूहका सेटिङकर्ता जीवन चलाउनेले दीपक मल्होत्राको सुन भएको समाचार लेखाएका थिए ।
यसबीचमा चलाउने र दावाछिरिङले पहिला ल्याएको सुन लुकाउन सफल भएका थिए । राजस्व अनुसन्धान विभागले चलाउने र दावाले नयाँबजारमा लुकाएको सयौं किलो सुन बरामद नगरी लुकाउने मौका दियो । र, आधा घन्टामा पुगिने नयाँबजारमा एक हप्तापछि मात्र छापा हान्यो । विभागले छापा हान्दा त्यहाँ सुन निकालेका ब्रेक सू मात्र भेटिए । चलाउने र दावा छिरिङको समूहले विमानस्थलबाट ब्रेकसुमा एक क्वीन्टल सुन भदौअघि नै ल्याइसकेको थियो ।
ब्रेक सूबाट आएको १ सय किलो सुन बरामद भएको र क्वीन्क्टल नै नेपालमा भित्र्याएको आशंका गरिए पनि पक्राउ परेका मुख्य सेटिङकर्ता जीवन चलाउनेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले गएको २०८० भदौमा पक्राउ गरी विना हल्लाखल्ला सुटुक्क छाडेको थियो ।
दावाछिरिङलाई पक्राउ गरेको हल्लाखल्ला गरेको सीआईबीले चलाउनेको पक्राउ भने गोप्य राखेको थियो । सीआईबीले छाडेपछि चलाउने दुबईमा पुगेर क्रिप्टो करेन्सीको कारोबारमा सक्रिय रुपमा लागेका छन् ।
हङङकङबाट सुन तस्करीको संगठित गिरोह चलाउनेले सुरुमा मल्होत्रा र त्यसपछि राकेश अडुकियाको नाम संचारमाध्यममा लेखाई ध्यान त्यतातर्फ मोडेका थिए । आप्mना ब्यापारीक साझेदार सुशील थापामार्फत् मल्होत्रा र अडुकियातिर चलाएका उनले त्यसबीचमा हङकङबाट ल्याएको सुन लुकाए । ब्रेक सू मा लुकाएर ल्याएको सुन ब्यवस्थापन गरिसकेपछि मात्र दावा छिरिङ पक्राउ परेका थिए । ब्रेक सूमा ल्याएको १ सय किलो सुन विमानस्थल भन्सारबाट पास भइसकेपछि बरामद गरेको राजस्व अनुसन्धान विभागले समेत चलाउने र दावाको गिरोहको जानकारी पाएर पनि १ हप्तापछि मात्र नयाँबजारमा छापा हानेको थियो । यसले पनि राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढु्ंगानालाई समेत चलाउने गिरोहले सेटिङ गरेको अनुमान गरिएको छ ।
हङकङबाट विमानस्थल हुँदै सुन तस्करी गर्नेमध्येका मुख्य ब्यक्ति चलाउने रहेको र उसलाई गृहमन्त्री नारायणकाजी श्रेष्ठले जोगाएको आरोप रास्वपा सभापति लामिछानेले लगाएका छन् । सोमबार पत्रकार सम्मेलनमा लामिछानेले गृहमन्त्रीमाथि गम्भीर आरोप लगाएका हुन् । क्वीन्टल सुन तस्करीमा मुछिएका चलाउनेको सम्बन्ध नेपाल प्रहरीका बहालवाला र पूर्व उच्च अधिकारीहरुसँग बाक्लो रहँदैआएको थियो । उनी प्रायः सधैं प्रहरी अधिकृतहरुसँग नै हुन्थे । पूर्वआईजीपी सर्वेन्द्र खनालदेखि हालका धेरै प्रहरी अधिकृतसँग उनको कनेक्सन थियो ।
उनलाई गृहमन्त्री श्रेष्ठनिकट शक्तिकेन्द्रमा पुर्याउने काम भने एक एसपीले गरेका थिए । ती एसपीको पनि चलाउनेसँग बाक्लो उठबस रहेको छ । पर्सा वा रुपन्देहीमा सरुवा हुने दाउमा रहेका ती एसपीले गृहमन्त्री श्रेष्ठनिकट शक्तिकेन्द्रमा प्रभाव पारी चलाउनेलाई सीआईबीबाट सुटुक्क छुटाएका थिए ।
सुन तस्करीको मुख्य गिरोहका नाइके चलाउने त्यसपछि दुबईमा छन् । ब्रेक सूमा क्वीन्टल सुन तस्करीका मुख्य पात्र दावाछिरिङसँग माओवादी नेता बर्षमान पुन, पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनको परिवार जोडिएका तस्वीर नै छताछुल्ल छन् । माओवादी नेताहरुको सुनतस्कर दावा र जीवन चलाउनेसँगको कनेक्सनकै कारण पनि उनलाई भगाइएको आशंका ब्याप्त रहेकै समयमा पूर्वगृहमन्त्री तथा रास्वपा सभापति लामिछानेले यो बिषय उजागर गरेका छन् ।
सुन तस्करीमा संलग्न गिरोहका विषयमा भेटेरै प्रमाणहरू उपलब्ध गराउँदा पनि गृहमन्त्री श्रेष्ठले उनीहरुलाई जोगाएको लामिछानेको आरोप छ । अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारी तथा जीवन चलाउनेको मन्त्री र उनको टिमसँग निकटस्थ सम्बन्ध भएको र उनीहरुलाई जोगाइएको संगीन आरोप लामिछानेले लगाएका छन् ।
गिरोहका नाइके दावा छिरिङ र चलाउनेले सुन तस्करी र हुन्डीको कारोबार गरेको विवरणसहितको मेसेज नै प्रहरीले भेटटएको थियोे । तर यस्तो अकाट्य प्रमाण भए पनि चलाउनेलाई भने सीआईबीले पक्राउ गरेर छोडेको थियो । चलाउनेसँग कनेक्सन नभएको भए उनी किन पक्राउ परिसकेपछि रातारात छुटे ? गृहमन्त्री श्रेष्ठले चलाउने पक्राउ परेपछि किन सुटुक्क छुटे भन्नेबारेमा प्रष्ट पार्लान् ?
सीआईबीले गरेको अनुसन्धानका क्रममा जीवन चलाउने र दावाबीचको क्यासेजमा अमेरिकामा रहेको सुबुप्रताप केसीको नाममा रहेको वेल्स फार्गो बैंकको खातामा ३० हजार अमेरिकी डलर पठाएको उल्लेख छ । यस अतिरिक्त क्रिप्टो करेन्सीको काममा समेत दावाले चलाउनेलाई प्रयोग गरेको खुले पनि उनलाई पक्राउ गरिसकेपछि किन छाडियो ? यो प्रश्न गम्भीर छ । दावाले सुबप्रताप केसीको नाममा रकम पठाएको म्यासेज चलाउनेले आफूलाई पठाएको सीआईबीसँगको बयानमा बताएको कुरा सार्वजनिक भइसकेको छ ।
विमानस्थलबाट क्वीन्टलका क्वीन्टल सुन तस्करी भएपछि सरकारले पूर्व न्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा जाँचबुझ आयोग गठन गरी छानबिन गरिरहेको छ । सो आयोगले सिआइबीले भन्दा विस्तृत छानबिन गर्न सकेमा धेरै व्यक्तिहरु कानुनी दायरामा तानिने निश्चित छ । तर छानबिन समिति पनि कर्मकाण्ड पूरा गर्नेमा सीमित हुने आशंका गरिएको छ । समितिको नेतृत्वमा रहेकाहरु नै अमेरिकामा बसोबास गर्ने ब्यक्ति भएकाले पनि यस्तो आशंका बढेको हो ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend