काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा मुख्य आरोपी दावा छिरिङसँग जोडिएका जीवन चलाउने लगायतका ब्यक्तिलाई पक्राउ गरी भगाएको खुलासा भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)को नेतृत्व परिवर्तन भइसकेको छ ।
सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनमा सीआइबीको नेतृत्वले नै सुन तस्करी प्रकरणमा दोषीलाई उन्मुक्ति दिएकाले विभागीय कारबाही गर्न सिफारिस गरिएपछि एआईजी बज्राचार्य, डीएसपीद्वय रुगमबहादुर कुँवर, दुर्गा दाहाल र तत्कालीन एसपी संजयसिंह थापा(हाल नुवाकोटका एसपी)लाई कारबाही सिफारिस गरेको छ ।
आयोगको प्रतिवेदन आउनासाथ एआईजी बज्राचार्य प्रहरी प्रधान कार्यालयमा सरुवा भइसकेकी छन् भने डीएसपीद्वय कुँवर र दाहाल तानिइसकेका छन् । एसपी थापा पनि नुवाकोटबाट तानिइसकेका छन् । सीआईबीको प्रमुखमा एआईजी श्यामलाल ज्ञवालीलाई पठाइसकिएको छ । ज्ञवाली सीआईबीमा गइसकेपछि ४ इन्स्पेक्टरको पनि सरुवा भएको छ । किरण बज्राचार्यको सेटिङ गर्ने उनको सचिवालयका इन्स्पेक्टर सुरेश खत्री पनि सरुवामा परेका छन् । खत्रीलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ ।
बज्राचार्यले सीआईबीबाट बिभिन्न केसमा सेटिङ गर्न खत्रीलाई परिचालन गर्दैआएको आरोप लाग्ने गरेको थियो । इन्स्पेक्टर रन्जित लामा, कृष्ण श्रेष्ठ र वकिल सिंहको पनि सरुवा भएको छ । लामाको प्रहरी हेडक्वार्टरमा सरुवा भएको छ । वकिल सिंहलाई नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ मा सरुवा गरिएको छ । कृष्ण श्रेष्ठलाई पहरा गणमा सरुवा गरिएको छ ।
इन्स्पेक्टरद्वय राजु अधिकारी र गजेन्द्र रावललाई सीआईबीमा लगिएको छ । अधिकारी यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरेका अधिकृत हुन् । रावल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत थिए । उनी अपराध अनुसन्धान र ‘टेक्निकल एनालाइसिस’मा अब्बल मानिन्छन् । सुन तस्करी जाँचबुझ आयोगले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेलाई १ गएको चैत १ मा प्रतिवेदन बुझाएको थियो ।
डिल्लीराज आचार्य अध्यक्ष रहेको आयोगले विद्युतीय चुरोट (भेप) मार्फत् भएको सुन तस्करी र गएको २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर बाहिरिंदै गरेको ६० किलोभन्दा बढी सुन तस्करी प्रकरणको छानबिन गरेको थियो । जसको अनुसन्धानमा खटिएका सीआईबीका प्रहरीको गम्भीर त्रुटि भएको आयोगले प्रतिवेदनमा औंल्याएको छ ।
उता, चलाउनेलाई बयान लिएर भगाउने र रेडकर्नर नोटिस जारी नगराउनका लागि आरजु देउवाका पीए प्रकाशले संचालन गरेको रेष्टुरेन्ट ब्यवसायीले सीआईबीका एक प्रहरी अधिकृतमार्फत् सेटिङ गरेका थिए । ती अधिकृतमार्फत् फरार अपराधीका रुपमा उनलाई प्रतिवादी बनाउन समेत ती ब्यवसायीले एक महिनासम्म त रोके । तर तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करलाई भगाएको अभिब्यक्ति हालका गृहमन्त्रीले मुग्लिङ सडकमा प्रदर्शनका क्रममा अभिब्यक्ति दिएपछि उनलाई फरार अभियुक्तका रुपमा प्रतिवादी बनाइएको थियो ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend