Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एआईजीको सेटिङमा मुछिएका इन्स्पेक्टरसहित सीआईबीका ४ अधिकृतको सरुवा


    आइतबार, चैत्र ११ २०८०
    2.1K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा मुख्य आरोपी दावा छिरिङसँग जोडिएका जीवन चलाउने लगायतका ब्यक्तिलाई पक्राउ गरी भगाएको खुलासा भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)को नेतृत्व परिवर्तन भइसकेको छ ।

    सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनमा सीआइबीको नेतृत्वले नै सुन तस्करी प्रकरणमा दोषीलाई उन्मुक्ति दिएकाले विभागीय कारबाही गर्न सिफारिस गरिएपछि एआईजी बज्राचार्य, डीएसपीद्वय रुगमबहादुर कुँवर, दुर्गा दाहाल र तत्कालीन एसपी संजयसिंह थापा(हाल नुवाकोटका एसपी)लाई कारबाही सिफारिस गरेको छ ।

    आयोगको प्रतिवेदन आउनासाथ एआईजी बज्राचार्य प्रहरी प्रधान कार्यालयमा सरुवा भइसकेकी छन् भने डीएसपीद्वय कुँवर र दाहाल तानिइसकेका छन् । एसपी थापा पनि नुवाकोटबाट तानिइसकेका छन् । सीआईबीको प्रमुखमा एआईजी श्यामलाल ज्ञवालीलाई पठाइसकिएको छ । ज्ञवाली सीआईबीमा गइसकेपछि ४ इन्स्पेक्टरको पनि सरुवा भएको छ । किरण बज्राचार्यको सेटिङ गर्ने उनको सचिवालयका इन्स्पेक्टर सुरेश खत्री पनि सरुवामा परेका छन् । खत्रीलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ ।

    बज्राचार्यले सीआईबीबाट बिभिन्न केसमा सेटिङ गर्न खत्रीलाई परिचालन गर्दैआएको आरोप लाग्ने गरेको थियो । इन्स्पेक्टर रन्जित लामा, कृष्ण श्रेष्ठ र वकिल सिंहको पनि सरुवा भएको छ । लामाको प्रहरी हेडक्वार्टरमा सरुवा भएको छ । वकिल सिंहलाई नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ मा सरुवा गरिएको छ । कृष्ण श्रेष्ठलाई पहरा गणमा सरुवा गरिएको छ ।

    इन्स्पेक्टरद्वय राजु अधिकारी र गजेन्द्र रावललाई सीआईबीमा लगिएको छ । अधिकारी यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरेका अधिकृत हुन् । रावल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत थिए । उनी अपराध अनुसन्धान र ‘टेक्निकल एनालाइसिस’मा अब्बल मानिन्छन् । सुन तस्करी जाँचबुझ आयोगले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेलाई १ गएको चैत १ मा प्रतिवेदन बुझाएको थियो ।

    डिल्लीराज आचार्य अध्यक्ष रहेको आयोगले विद्युतीय चुरोट (भेप) मार्फत् भएको सुन तस्करी र गएको २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर बाहिरिंदै गरेको ६० किलोभन्दा बढी सुन तस्करी प्रकरणको छानबिन गरेको थियो । जसको अनुसन्धानमा खटिएका सीआईबीका प्रहरीको गम्भीर त्रुटि भएको आयोगले प्रतिवेदनमा औंल्याएको छ ।

    उता, चलाउनेलाई बयान लिएर भगाउने र रेडकर्नर नोटिस जारी नगराउनका लागि आरजु देउवाका पीए प्रकाशले संचालन गरेको रेष्टुरेन्ट ब्यवसायीले सीआईबीका एक प्रहरी अधिकृतमार्फत् सेटिङ गरेका थिए । ती अधिकृतमार्फत् फरार अपराधीका रुपमा उनलाई प्रतिवादी बनाउन समेत ती ब्यवसायीले एक महिनासम्म त रोके । तर तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करलाई भगाएको अभिब्यक्ति हालका गृहमन्त्रीले मुग्लिङ सडकमा प्रदर्शनका क्रममा अभिब्यक्ति दिएपछि उनलाई फरार अभियुक्तका रुपमा प्रतिवादी बनाइएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार