काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले गएको साउनमा बरामद गरेको १ सय किलो सुन तस्करी प्रकरणमा पक्राउ गरी सुटुक्क छोडेका जीवन चलाउनेको बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले प्रश्न उठाएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुख खोलेका छन् ।
लामिछानेले नारायणघाट–बुटवल सडक खण्डको पदयात्रा सुरु हुनुअघि ९ पुस, २०८० मा गृहमन्त्री श्रेष्ठ सुन तस्करीमा संलग्न आफ्ना मानिसलाई जोगाउन लागिपरेको आरोप लगाएका थिए ।
लामिछानेले गृहमन्त्री श्रेष्ठ सुन तस्करीमा सहयोग गर्ने अध्यागमन विभागका महानिर्देशक झलकाराम अधिकारीलाई मन्त्रालय तानेर गृहमन्त्री श्रेष्ठले जोगाएको आरोप लगाएका थिए ।
सुन तस्करीका मुख्य अभियुक्त दावा छिरिङसँग बारम्बार म्यासेज आदन–प्रदान भएको प्रमाण लगेर दिँदा पनि अधिकारीलाई कारबाही गर्नुको साटो गृहमन्त्रालयमा तानेर जोगाएको लामिछानेको भनाइ थियो । ६१ किलो सुन प्रकरणमा गृहमन्त्रीको सचिवालय र अधिकारीबीच पनि सम्बन्ध रहेको आरोप समेत उनले लगाएका थिए ।
लामिछानेले भनेका थिए–‘सुन तस्करीका मुख्य अभियुक्त दावाछिरिङसँग कनेक्सन देखिएको जीवन चलाउने को हो, झलकरामजीसँगको उहाँको सम्बन्ध के हो ? गृहमन्त्रीसँगको सम्बन्ध के हो ? गृहमन्त्रीको वरिपरि भएका मानिससँगको सम्बन्ध के हो भनेर सोध्नुहोला ।’
चलाउनेलाई पक्राउपछि किन छाडियो ?
सुन तस्करीका मुख्य अभियुक्त दावा छिरिङसँग जीवन चलाउनेको बारम्बारको सम्पर्क, दावाको खाताबाट चलाउनेको खातामा रकम ट्रान्सफर भएका प्रमाण भेटिएपछि सीआईबीले उनलाई भदौमा पक्राउ गरेको थियो । तर चलाउनेको प्रहरीका धेरै उच्च अधिकारीदेखि माओवादीका नेता र एक दैनिक पत्रिकाका संचालकसँगको ब्यापारीक साझेदारीका कारण त्यो पहुँचका आधारमा उनलाई सीआईबीले छाडेको थियो ।
तस्करीको १ सय किलो सुन विमानस्थल भन्सारबाट पास भइसकेको अवस्थामा राजस्व अनुसन्धान विभागले बरामद गर्नासाथ जीवन चलाउनेले दावा छिरिङ र आफ्नो संलग्नता खुल्न नदिई दीपक मल्होत्रा र राकेश अडुकियाले ल्याएको प्रचार आफ्नो खाद्यान्न ब्यापारका पार्टनर लगानीकर्ता भएको एक दैनिक पत्रिकामा गराएका थिए ।
१ सय किलो सुन तस्करीका मुख्य अभियुक्त दावा छिरिङ र चलाउने भएको खुलेपछि उनी पक्राउ त परे, प्रहरीका उच्च अधिकारी र माओवादी नेताहरुसँगको सम्बन्धका कारण उनी रातारात छुटेर दुबईमा पुगेका थिए ।
सीआईबीले छाडेपछि उनी भागेर दुबई पुगी नेपालका शक्तिकेन्द्रमा चलखेल गरी आफूलाई पक्राउ नगराउन, रेडकर्नर नोटिस जारी हुन नदिन चलखेल गरिरहेका छन् । पुस ९ मा रास्वपा सभापति लामिछानेले जीवन चलाउने खोई ? किन भगाएको भनेर गृहमन्त्री श्रेष्ठलाई प्रश्न गरेका थिए । सुन तस्करहरुलाई भगाएको र जोगाएको आरोप लामिछानेले लगाएपछि निकै आत्तिएका गृहमन्त्री श्रेष्ठले सोमबार एक कार्यक्रममा जीवन चलाउनेलाई सीआईबीले प्रतिवादी बनाएको बताए । उनले भने–‘प्रहरीले जीवन चलाउनेलाई प्रतिवादी बनाएको छ, ऊ फरार छ ।’
सीआईबीले पक्राउ गरेर शक्तिकेन्द्रको आडमा रातारात थुनामुक्त गरेपछि छाडेपछि उनी फरार भएकोबारेमा भने श्रेष्ठले बताएनन् । दावाछिरिङ र चलाउने १ सय किलो सुन तस्करीका मुख्य अभियुक्त हुन् । तर पनि ठूलो आर्थिक लाभ लिएर जीवनलाई पक्राउ गरेपछि सुटुक्क छाडेको आरोप सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यमाथि लाग्दैआएको छ । त्यसो त, चलाउनेले अहिले दुबईबाटै सुन तस्करी प्रकरणमा आफू जोगिन प्रहरीका उच्चतहका बहालवाला र पूर्व अधिकारीसँग सेटिङ मिलाइरहेका छन् ।
गृहमन्त्री श्रेष्ठले जीवन चलाउनेलाई पक्राउ गर्न रेडकर्नर नोटिस जारी नगराएसम्म उनी सुन तस्करहरुलाई जोगाउन लागेको आरोपबाट मुक्त हुन सक्ने छैनन् । पक्राउ गरेलगत्तै छाडेर प्रहरीले नै चलाउनेलाई बिदेश भाग्ने मौका दिएको कुरा घामजत्तिकै छर्लङ्ग भए पनि गृहमन्त्री श्रेष्ठले मुद्दामा प्रतिवादी बनाएको भनेर पुनः भ्रम छर्ने काम गरेका छन् ।
सुन तस्करीका मुख्य अभियुक्त दावा छिरिङ र चलाउने भएको खुलिसकेपछि उनी पक्राउ परेका थिए । तर प्रहरीका उच्च अधिकारी र माओवादी नेताहरुसँगको नेक्ससका कारण कारण उनी रातारात छुटेर तत्कालै दुबई पुगेको बिषयमा गृहमन्त्री श्रेष्ठ जानकार नभएका हुन् कि थाहा पाएर पनि बुझ पचाएका हुन् ?
सीआईबीले छाडेपछि उनी भागेर दुबई पुगी नेपालका शक्तिकेन्द्रमा चलखेल गरी आफूलाई पक्राउ नगराउन, रेडकर्नर नोटिस जारी हुन नदिन चलखेल गरिरहेका छन् ।
गुपचुप थुनामुक्त गरियो, आईजीपीको दबाबमा फरार सूचीमा राखियो
जीवन चलाउनेलाई २०८० भदौमा बयान गराएर सीआईबीले सुटुक्क छाड्यो । मिडियामा कहीँ कतै सूचना लिक हुन दिइएन । रातारात चलाउनेले सीआईबीमा सेटिङ गरेर थुनामुक्त भए । चलाउनेलाई चलखेलका आधारमा पक्राउ गरेर छाडिएको सूचना प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरसम्म पुग्यो । महानिरीक्षक कुँवरले तुरुन्तै चलाउनेलाई पक्राउ गरी अनुसन्धान गर्न निर्देशन दिएपछि सीआईबीले उनलाई फरार सूचीमा राख्न बाध्य भएको थियो । चलाउनेलाई पक्राउ गरिसकेपछि बयान लिएर छाडिनुमा ठूलै आर्थिक चलखेलको आशंका गरिएको छ ।
मुख्य तस्कर दावा छिरिङको मोबाइल परीक्षणका क्रममा जीवन चलाउनेसँग उनको कनेक्सन सुन तस्करीदेखि क्रिप्टो करेन्सीसम्म देखिएको छ । दावा र चलाउनेबीचको म्यासेजमा सुन र क्रिप्टो करेन्सीमा संलग्नता खुलेको हो । दावाका मुख्य सहयोगी चलाउनेले सुबुप्रताप केसीको नाममा अमेरिकाको वेल्स फार्गो बैंकमा ३० हजार अमेरिकी डलर पठाएको मोवाइल परीक्षणका क्रममा खुलेको छ ।
सीआईबीले गरेको अनुसन्धानका क्रममा जीवन चलाउने र दावाबीचको क्यासेजमा अमेरिकामा रहेको सुबुप्रताप केसीको नाममा रहेको वेल्स फार्गो बैंकको खातामा ३० हजार अमेरिकी डलर पठाएको उल्लेख छ । यस अतिरिक्त क्रिप्टो करेन्सीको काममा समेत दावाले चलाउनेलाई प्रयोग गरेको खुले पनि उनलाई पक्राउ गरिसकेपछि किन छाडियो ? यो प्रश्न गम्भीर छ । दावाले सुबप्रताप केसीको नाममा रकम पठाएको म्यासेज चलाउनेले आफूलाई पठाएको सीआईबीसँगको बयानमा बताएका छन् ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend