काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले गएको साउनमा बरामद गरेको १ सय किलो सुन तस्करी प्रकरणमा पक्राउ गरी सुटुक्क छोडेका जीवन चलाउनेको बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले प्रश्न उठाएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुख खोलेका छन् ।
लामिछानेले नारायणघाट–बुटवल सडक खण्डको पदयात्रा सुरु हुनुअघि ९ पुस, २०८० मा गृहमन्त्री श्रेष्ठ सुन तस्करीमा संलग्न आफ्ना मानिसलाई जोगाउन लागिपरेको आरोप लगाएका थिए ।
लामिछानेले गृहमन्त्री श्रेष्ठ सुन तस्करीमा सहयोग गर्ने अध्यागमन विभागका महानिर्देशक झलकाराम अधिकारीलाई मन्त्रालय तानेर गृहमन्त्री श्रेष्ठले जोगाएको आरोप लगाएका थिए ।
सुन तस्करीका मुख्य अभियुक्त दावा छिरिङसँग बारम्बार म्यासेज आदन–प्रदान भएको प्रमाण लगेर दिँदा पनि अधिकारीलाई कारबाही गर्नुको साटो गृहमन्त्रालयमा तानेर जोगाएको लामिछानेको भनाइ थियो । ६१ किलो सुन प्रकरणमा गृहमन्त्रीको सचिवालय र अधिकारीबीच पनि सम्बन्ध रहेको आरोप समेत उनले लगाएका थिए ।
लामिछानेले भनेका थिए–‘सुन तस्करीका मुख्य अभियुक्त दावाछिरिङसँग कनेक्सन देखिएको जीवन चलाउने को हो, झलकरामजीसँगको उहाँको सम्बन्ध के हो ? गृहमन्त्रीसँगको सम्बन्ध के हो ? गृहमन्त्रीको वरिपरि भएका मानिससँगको सम्बन्ध के हो भनेर सोध्नुहोला ।’
चलाउनेलाई पक्राउपछि किन छाडियो ?
सुन तस्करीका मुख्य अभियुक्त दावा छिरिङसँग जीवन चलाउनेको बारम्बारको सम्पर्क, दावाको खाताबाट चलाउनेको खातामा रकम ट्रान्सफर भएका प्रमाण भेटिएपछि सीआईबीले उनलाई भदौमा पक्राउ गरेको थियो । तर चलाउनेको प्रहरीका धेरै उच्च अधिकारीदेखि माओवादीका नेता र एक दैनिक पत्रिकाका संचालकसँगको ब्यापारीक साझेदारीका कारण त्यो पहुँचका आधारमा उनलाई सीआईबीले छाडेको थियो ।
तस्करीको १ सय किलो सुन विमानस्थल भन्सारबाट पास भइसकेको अवस्थामा राजस्व अनुसन्धान विभागले बरामद गर्नासाथ जीवन चलाउनेले दावा छिरिङ र आफ्नो संलग्नता खुल्न नदिई दीपक मल्होत्रा र राकेश अडुकियाले ल्याएको प्रचार आफ्नो खाद्यान्न ब्यापारका पार्टनर लगानीकर्ता भएको एक दैनिक पत्रिकामा गराएका थिए ।
१ सय किलो सुन तस्करीका मुख्य अभियुक्त दावा छिरिङ र चलाउने भएको खुलेपछि उनी पक्राउ त परे, प्रहरीका उच्च अधिकारी र माओवादी नेताहरुसँगको सम्बन्धका कारण उनी रातारात छुटेर दुबईमा पुगेका थिए ।
सीआईबीले छाडेपछि उनी भागेर दुबई पुगी नेपालका शक्तिकेन्द्रमा चलखेल गरी आफूलाई पक्राउ नगराउन, रेडकर्नर नोटिस जारी हुन नदिन चलखेल गरिरहेका छन् । पुस ९ मा रास्वपा सभापति लामिछानेले जीवन चलाउने खोई ? किन भगाएको भनेर गृहमन्त्री श्रेष्ठलाई प्रश्न गरेका थिए । सुन तस्करहरुलाई भगाएको र जोगाएको आरोप लामिछानेले लगाएपछि निकै आत्तिएका गृहमन्त्री श्रेष्ठले सोमबार एक कार्यक्रममा जीवन चलाउनेलाई सीआईबीले प्रतिवादी बनाएको बताए । उनले भने–‘प्रहरीले जीवन चलाउनेलाई प्रतिवादी बनाएको छ, ऊ फरार छ ।’
सीआईबीले पक्राउ गरेर शक्तिकेन्द्रको आडमा रातारात थुनामुक्त गरेपछि छाडेपछि उनी फरार भएकोबारेमा भने श्रेष्ठले बताएनन् । दावाछिरिङ र चलाउने १ सय किलो सुन तस्करीका मुख्य अभियुक्त हुन् । तर पनि ठूलो आर्थिक लाभ लिएर जीवनलाई पक्राउ गरेपछि सुटुक्क छाडेको आरोप सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यमाथि लाग्दैआएको छ । त्यसो त, चलाउनेले अहिले दुबईबाटै सुन तस्करी प्रकरणमा आफू जोगिन प्रहरीका उच्चतहका बहालवाला र पूर्व अधिकारीसँग सेटिङ मिलाइरहेका छन् ।
गृहमन्त्री श्रेष्ठले जीवन चलाउनेलाई पक्राउ गर्न रेडकर्नर नोटिस जारी नगराएसम्म उनी सुन तस्करहरुलाई जोगाउन लागेको आरोपबाट मुक्त हुन सक्ने छैनन् । पक्राउ गरेलगत्तै छाडेर प्रहरीले नै चलाउनेलाई बिदेश भाग्ने मौका दिएको कुरा घामजत्तिकै छर्लङ्ग भए पनि गृहमन्त्री श्रेष्ठले मुद्दामा प्रतिवादी बनाएको भनेर पुनः भ्रम छर्ने काम गरेका छन् ।
सुन तस्करीका मुख्य अभियुक्त दावा छिरिङ र चलाउने भएको खुलिसकेपछि उनी पक्राउ परेका थिए । तर प्रहरीका उच्च अधिकारी र माओवादी नेताहरुसँगको नेक्ससका कारण कारण उनी रातारात छुटेर तत्कालै दुबई पुगेको बिषयमा गृहमन्त्री श्रेष्ठ जानकार नभएका हुन् कि थाहा पाएर पनि बुझ पचाएका हुन् ?
सीआईबीले छाडेपछि उनी भागेर दुबई पुगी नेपालका शक्तिकेन्द्रमा चलखेल गरी आफूलाई पक्राउ नगराउन, रेडकर्नर नोटिस जारी हुन नदिन चलखेल गरिरहेका छन् ।
गुपचुप थुनामुक्त गरियो, आईजीपीको दबाबमा फरार सूचीमा राखियो
जीवन चलाउनेलाई २०८० भदौमा बयान गराएर सीआईबीले सुटुक्क छाड्यो । मिडियामा कहीँ कतै सूचना लिक हुन दिइएन । रातारात चलाउनेले सीआईबीमा सेटिङ गरेर थुनामुक्त भए । चलाउनेलाई चलखेलका आधारमा पक्राउ गरेर छाडिएको सूचना प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरसम्म पुग्यो । महानिरीक्षक कुँवरले तुरुन्तै चलाउनेलाई पक्राउ गरी अनुसन्धान गर्न निर्देशन दिएपछि सीआईबीले उनलाई फरार सूचीमा राख्न बाध्य भएको थियो । चलाउनेलाई पक्राउ गरिसकेपछि बयान लिएर छाडिनुमा ठूलै आर्थिक चलखेलको आशंका गरिएको छ ।
मुख्य तस्कर दावा छिरिङको मोबाइल परीक्षणका क्रममा जीवन चलाउनेसँग उनको कनेक्सन सुन तस्करीदेखि क्रिप्टो करेन्सीसम्म देखिएको छ । दावा र चलाउनेबीचको म्यासेजमा सुन र क्रिप्टो करेन्सीमा संलग्नता खुलेको हो । दावाका मुख्य सहयोगी चलाउनेले सुबुप्रताप केसीको नाममा अमेरिकाको वेल्स फार्गो बैंकमा ३० हजार अमेरिकी डलर पठाएको मोवाइल परीक्षणका क्रममा खुलेको छ ।
सीआईबीले गरेको अनुसन्धानका क्रममा जीवन चलाउने र दावाबीचको क्यासेजमा अमेरिकामा रहेको सुबुप्रताप केसीको नाममा रहेको वेल्स फार्गो बैंकको खातामा ३० हजार अमेरिकी डलर पठाएको उल्लेख छ । यस अतिरिक्त क्रिप्टो करेन्सीको काममा समेत दावाले चलाउनेलाई प्रयोग गरेको खुले पनि उनलाई पक्राउ गरिसकेपछि किन छाडियो ? यो प्रश्न गम्भीर छ । दावाले सुबप्रताप केसीको नाममा रकम पठाएको म्यासेज चलाउनेले आफूलाई पठाएको सीआईबीसँगको बयानमा बताएका छन् ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend