काठमाडौं । सत्ता समीकरण परिवर्तन भएसँगै स्थायी सरकार मानिने निजामती प्रशासनका उपल्लो तहका कर्मचारीको सरुवाको सूची तयार गर्ने काम भइरहेको छ । गृहमन्त्री रवि लामिछानेले मन्त्री नियुक्ति भएको एक साता नबित्दै सोमबारकै मन्त्रिपरिषद बैठकबाट एकनारायण अर्र्याललाई गृहमनत्रालयको सचिवमा सरुवा गराउन सफल भएका छन् । अर्याल कुशल प्रशासकमध्येमा पर्दछन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालसँग यसअघि नै राम्रो सम्बन्ध भएकाले उनकै सल्लाहमा अर्याल गृहसचिव हुन सफल भएको चर्चा छ । यसअघि गतबर्ष १९ दिन डोलप्रसाद श्रममन्त्री हुँदा एकनारायण सचिव थिए ।सत्ता गठबन्धनमा एमाले भित्रिएसँगै एमालेनिकटका कर्मचारीहरु आकर्षक कार्यालयमा जान हानथाप गर्नेक्रम शुरु भएको छ । विगतमा एमालेनिकट मानिएका सचिवहरु आकर्षक मन्त्रालयमा जान लबिङ थालिसकेका छन् ।
काँग्रेसनिकट मानिने सचिवहरुलाई कम आकर्षक कार्यालयमा थन्क्याएर महत्वपूर्ण मन्त्रालयको प्रशासनिक नेतृत्व लिनका लागि एमाले निकट सचिवहरुको लबिङ शुरु भएको छ । जनार्दन शर्माका पालामा पनि अर्थसचिवका रुपमा भित्रिएका कृष्णहरि पुस्कर कर्णले अर्थ मन्त्रालयमा माओवादीकै नेता आए पनि छाड्नुपर्ने अवस्था सिर्जना भएको छ ।
माओवादी नेता वर्षमान पुन र जनार्दन शर्माबीचको प्रतिस्पर्धाका कारण पुष्कर अर्थबाट बाहिरिनुपर्ने अवस्था सिर्जना भएको हो । आफ्नै पार्टीका नेताले संरक्षण गरेका पुष्करलाई हटाएर नयाँ अर्थ सचिव ल्याउनका लागि पुनले तयारी थालेका छन् ।
बजेटको तयारीमा रहेको अर्थ मन्त्रालयमा सचिव परिवर्तनले पनि ठूलो असर गर्ने भएका कारण मन्त्रालयका अधिकारीहरुले भने बजेटपछिमात्रै सचिव परिवर्तन गर्न सुझाएका छन् । तर पुन उक्त सुझाव मान्ने पक्षमा छैनन् । नयाँ अर्थ सचिवका लागि हाल सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा कार्यरत रामकृष्ण सुवेदीले इच्छा देखाएका छन् ।
त्यसैगरी उद्योग सचिव मुकुन्द निरौला, बाणिज्य सचिव नारायण शर्मा दुवाडी, रक्षा सचिव किरण शर्मा काँग्रेसनिकट भएकै कारण सरुवाको सूचीमा परेका छन् ।
त्यसैगरी कानुन सचिव उदयराज सापकोटा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तेस्रो पटक थन्किने अवस्थामा पुगेका छन् । मुख्यसचिव बैकुण्ठ अर्यालका मुख्य सल्लाहकार रहेका सापकोटा टेरामक्स प्रकरणमा अर्याल डामिएको अवस्थामा मुख्य सचिव खाने दाउमा थिए । गठबन्धन भत्किएपछि रन्थनिएका सापकोटाको कानुन मन्त्रालयमा एमाले नेता पदम गिरी मन्त्री भएर आएपछि दिनगन्ती शुरु भएको हो ।
कानुन मन्त्रालय अन्तर्गतका उपसचिवहरुको सरुवामा मोटो रकम असुलेको आरोप सापकोटामाथि लागेको छ । प्रधानमन्त्री कार्यालयमै थन्क्याइएका गणेश पाण्डे पुनः बाणिज्य सचिव बन्ने दाउमा छन् भने उद्योग मन्त्रालय चलाइसकेका सचिव अर्जुन पोखरेलको रोजाई पनि अर्थ वा उद्योग नै परेको छ ।
त्यसैगरी खानेपानी सचिव सुरेश आचार्य नेपाल ट्रष्टको कार्यालयमा र ट्रष्टका सचिव विश्वबाबु पुडासैनीलाई खानेपानीमा साटफेर गर्ने तयारी भइरहेको छ । आचार्य छोटो समयमा मन्त्रालय र कार्यालय चाहारिरहने सचिवका रुपमा परिचित छन् । आचार्य केही महिनाअघि मात्रै खानेपानी पुगेका हुन् । आफूलाई काँग्रेसको निकै उपल्लोस्तरको नेता जस्तै मान्ने आचार्य गठबन्धन भत्किएसँगै अलपत्र पर्ने अवस्थामा पुगेका हुन् ।
सचिव सरुवाको सूची तयार भइरहेको र केही दिनभित्रै बस्ने मन्त्रिपरिषद्को बैठकले मन्त्रीको रोजाई अनुसारको सचिव सरुवाको सूची सार्वजनिक गर्र्ने तयारी भइरहेको छ ।
काठामाडौं । सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरी हटाइएकाहरुलाई वालेन्द्र शाह सरकारले धमाधम नियुक्ति दिइरहेको छ । वालेन्द्र शाह प्रधानमन्त्री भएपछि...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend