Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राप्रपा कार्यालयमा कुटाकुट, विक्रम पाण्डेलाई भ्रष्टाचारी भन्दा ठाकुरमोहनमाथि आक्रमण


    आइतबार, फाल्गुन २७ २०८०
    2.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालयमा कुटाकुट भएको छ । राप्रपाको आइतबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकका क्रममा श्रेष्ठमाथि कुटपिट भएको हो । राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा नेता ठाकुरमोहनले विक्रम पाण्डेलाई भ्रष्टाचारी भनेपछि उनीमाथि आक्रमण भएको थियो ।

    पूर्वएआईजीसमेत रहेका ठाकुरमोहन श्रेष्ठ गएको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का उम्मेदवार थिए । खाना खानका लागि बैठक स्थगित गरेको समयमा उनीमाथि आक्रमण भएको थियो ।

    विक्रम पाण्डे ठेकेदार हुन् । उनीमाथि सिक्टा सिंचाई आयोजनाको मूल नहर निर्माणमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरे पनि विशेषका तत्कालीन रजिष्टार अशोककुमार क्षेत्रीसँग सेटिङ गरी उनले सफाइ पाएका थिए । जसका क्रममा १० करोडकै चलखेल भएको चर्चा भएको थियो ।

    राष्ट्रिय गौरवको बहुचर्चित सिक्टा सिँचाइ आयोजनामा २ अर्ब १३ करोड रूपैयाँ भ्रष्टाचार भएको ठहरसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कालिका कन्ष्ट्रक्सनका विक्रम पाण्डे, इआरएमसीका उद्धवराज चौलागाई र सिंचाई विभागका तत्कालीन महानिर्देशक सरोज पण्डितसहित २१ जनाले सफाइ पाएका थिए । विशेषमा चलखेल गरी सफाइ पाए पनि सिक्टाको भ्रष्टाचार प्रकरणमा अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार