काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा पूर्वसांसद ज्ञानेन्द्र शाहीले पार्टीले पठाएको समानुपातिक सूचीप्रति सुरुदेखि बिरोध गर्दैआएका छन् । शाहीले राप्रपाले समानुपातिक सांसदमा पठाएका नामहरुप्रति सार्वजनिक रुपमा बिरोध गर्दैआएका छन् । समानुपातिक सांसदका उम्मेदवारको सूची पठाउँदा राप्रपामा पैसावाल हावी भएको चर्चा पनि हुन थालेको छ ।
भरत गिरी र खुस्बु ओलीको नाम समानुपातिकको पहिलो नम्बरमा राखिनुमा धनवादले काम गरेको आरोप पार्टी नेतृत्वमाथि लागेको छ । गिरी करोडौंपति हुन् भने ओलीका श्रीमान पनि जग्गाका कारोबारी भएकाले पार्टीमा योगदान र दुःख कष्टभन्दा पनि आर्थिक पक्ष हावी भएको गुनासो प्रकट हुन थालेको छ ।
पार्टीका प्रवक्ता शाहीले त एक टेलिभिजन अन्तर्वार्तामा पार्टीले समानुपातिक सूचीको पहिलो नम्बरमा राखिएकी खुस्बु ओलीको नामै लिएर उनलाई समानुपातिकमा राखिएकोमा बिरोध गरेका छन् ।
शाहीले भनेका छन्–‘खुस्बु ओली क्षमता भएकी मान्छे, उहाँले प्रत्यक्ष चुनाव लड्नुपर्ने हो । राप्रपाले एक सिट त गुमायो नि । समानुपातिक त अर्को मानिस पनि त हुनसक्थ्यो । उहाँले गलत बाटो अपनाउनुभयो, सजिलो बाटो खोज्नुभयो ।
ओलीले चुनाव जितेर आउन सक्नुहुन्थ्यो । त्यसका लागि हामी जे पनि गर्नसक्थ्यौ, चुनाव प्रचार गथ्यौं, समानुपातिक ब्यवस्था भनेको हार्वर्ड पढेका मानिसका लागि होइन । समानुपातिक ब्यवस्था नेपालको संविधानले विपन्नका लागि खडा गरेको हो । राप्रपाले साधारण सदस्य पनि रहन नपाउनेगरी उहाँलाई कारबाही गरेको हो ।
आज राप्रपामा खुस्बु ओलीभन्दा धेरै क्षमता भएका तर विपन्नका छोराछोरी छन् । राप्रपाभित्र खुस्बु भन्दा बढी अध्ययन गरेका सजिना कार्कीजस्ता इन्जीनीयर हुनुहुन्छ । यस्ता कयौैं महिलाहरु राप्रपा जोगाउन लाठी खाएर रगत बगाएर आएका छन् । थुप्रै महिला दिदीबहिनीहरु छन् । चुनाव लडेका छन् पटक पटक । आफ्नो मेहनत र परिश्रम गर्दछन् । हरेक कुरामा अब्बल छन् तर उनीहरुले अवसर पाएका छैनन् ।
उदाहरणका लागि सजिना कार्कीलाई नै लिन सकिन्छ । उहाँ इन्जीनीयर, राम्रो पढेको मानिस हो । अरु कयौं दिदीबहिनी छन् । पार्टी जोगाउन रगत बगाएका छन् । पढाइ र बोल्न पनि अब्बल छन् ।’
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend