Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सचिवालय बैठकः एमालेले नयाँ सत्ता समीकरणमा अन्य दललाई पनि समेट्न पहल गर्ने


    शुक्रबार, फाल्गुन २५ २०८०
    945
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं ।  नेकपा एमाले सचिवालय बैठक शुक्रबार बिहान सम्पन्न भएको छ ।

    बैठकले सत्ता समीकरणमा आएको परिवर्तनलाई पार्टीले सकारात्मक रूपमा ग्रहण गरेको बैठक पछि पार्टी महासचिव शंकर पोखरेलले जानकारी दिएका छन ।

    ‘मुलुकमा जुन प्रकारको संकटको अवस्था सिर्जना भएको छफ त्यसलाई सकारात्मक दिशामा अगाडि बढाउने कुरामा, जनतामा आशा र विश्वास जगाउने कुरामा, मुलुकको राजनीतिक स्थायित्व र विकासमा टेवा पुर्‍याउने हिसाबले नेकपा एमालेको तर्फबाट सकारात्मक योगदान पुर्‍याउने हिसाबले नेकपा एमाले योगदान गर्नुपर्दछ भन्ने हामीले निष्कर्ष निकालेका छौँ’, उनले भने ।

    पाँच राजनीतिक दल मिलेर नयाँ सरकार बनाउने प्रक्रिया सुरु भएको बताउँदै उहाँले त्यसमा अन्य दललाई पनि साथ समर्थनका लागि सचिवालय बैठकले आह्वान गरेको पोखरेलले जानकारी दिए । ‘जनताको निराशालाई आशामा बदल्ने, मुलुकको राष्ट्रिय हित र स्वाभिमानलाई उच्चा बनाउने, विकास र समृद्धिका कामलाई तीव्रता दिने सन्दर्भमा नयाँ सहकार्य फलदायी बनाउनु पर्दछ, त्यसले अनुकूलता सिर्जना गरेको छ भन्ने पार्टीको मान्यता रहेको छ’, उनले भने ।

    देशमा उत्पन्न निराशालाई चिर्ने र देश भित्रै केही गर्न सकिन्छ भन्ने सकारात्मक भावना विकास गर्ने प्रयास नयाँ सरकारले गर्ने उनकाे भनाइ छ । ‘राष्ट्रिय स्वाधीनता, स्वाभिमान, विकास र समृद्धिका प्रश्नमा, सामाजिक न्यायका प्रश्नमा यो सहकार्य फलदायी हुने विश्वास बैठकले व्यक्त  गरेको छ’, पोखरेलले भने ।

    बैठकले पार्टी स्थापनाको ७५ औँ वर्षगाँठको दिन वैशाख १० गते विशेष समारोह आयोजना गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । वैशाख ८ र ९ गते महाधिवेशन प्रतिनिधि परिषद् बैठक आयोजना गर्ने र १० गते विशेष कार्यक्रम गर्ने निर्णय भएको पोखरेलले जानकारी दिए । ‘त्यसको तयारी कसरी गर्ने भन्ने सन्दर्भमा आज हामीले छलफल गर्‍यौँ’, उनले बैठक पछि भने  ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार